भारतले प्यालेस्टाइनी जनताका लागि पठायो अत्यावश्यक मानवीय सहायता सामग्री « Khabarhub

भारतले प्यालेस्टाइनी जनताका लागि पठायो अत्यावश्यक मानवीय सहायता सामग्री


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत सरकारले द्वन्द्वबाट प्रभावित प्यालेस्टाइनी जनताका लागि अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । भारतले ६.५ टन मेडिकल सहायता र ३२ टन राहत सामग्री पठाएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘यो सहयोग भारतीय वायुसेनाको सी १७ विमानबाट पठाइएको हो । सामानहरू विमानमार्फत् इजिप्टको एलआरिस एयरपोर्टमा पुर्‍याइएको छ ।’

प्यालेस्टाइनीहरूलाई पठाएको सहायतामा औषधि, शल्यचिकित्सा उपकरण, त्रिपाल, पानी शुद्धीकरण ट्याब्लेटजस्ता अत्यावश्यक सामग्रीहरू छन् ।

गत बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्यालेस्टाइन प्राधीकरणका अध्यक्ष महमुद अब्बाससँग टेलिफोन संवाद गरेका थिए । सोही क्रममा प्रधानमन्त्री मोदीले प्यालेस्टाइनीहरूलाई मानवीय सहायता पठाउने बताएका थिए ।

मोदीले गाजाको अल अहली अस्पतालमा सर्वसाधारणको हत्या भएकोप्रति गहिरो शोक व्यक्त गरेका थिए । इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीच द्वन्द्व हुँदा हजारौं इजराइली र प्यालेस्टाइनीहरूले ज्यान गुमाएका छन् ।

दुई पक्षबीच जारी युद्धले मानवीय संकट बढ्दै गएको छ । गाजामा इजरायलको आक्रमण तथा इजरायली भू भागमा हमासको आक्रमणका कारण दुवैतर्फ मानवीय सहायताको आवश्यकता रहेको अन्तर्राष्ट्रिय संघसंस्थाले जनाएका छन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  १० : २८ बजे

विशालनगरमा कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय                      

काठमाडौं– काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

एजेन्सी – सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले

पूर्वस्वास्थ्य सचिव मिश्रा मुछिएको १४ करोडको भ्रष्टाचार मुद्दामा मागियो पाँच लाख धराैटी

काठमाडौं-विशेष अदालतले पूर्वस्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रासँग पाँच लाख

कोशी सरकार र कर्मचारी सञ्चय कोषबीच पेन्सन व्यवस्थापनका लागि सम्झौता

काठमाडौं– कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको पेन्सन

‘पुष्पा ३: द रैम्पेज’ मा अल्लू अर्जुन र सलमान खान एकसाथ

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनको ‘पुष्पा’ फ्रेन्चाइजीले दर्शकहरूको मन