सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन  | Khabarhub Khabarhub

सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन 


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कविहीन २६ प्रहरीलाई सम्पर्कमा आउन निर्देशन गरेको छ ।

कार्यालयले आज सार्वजनिक सूचना जारी गर्नै कुनै जानकारी बिना विभिन्न पदमा कार्यरत २६ जना प्रहरी सम्पर्कविहीन भएपछि सात दिनभित्र सम्पर्कमा आउन निर्देशन गरेको हो । 

सूचना प्रकाशित भएको सात दिनभित्र गैरहाजिर रहनुको स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिँदै उपस्थित नभएमा सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।

कार्यालयले आफूखुसी गैरहाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : ४१ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने