कर्णाली सरकारले कृषि उपजको तथ्यांक संकलन गर्दै | Khabarhub Khabarhub

कर्णाली सरकारले कृषि उपजको तथ्यांक संकलन गर्दै


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशसँग जोडिएका बबई र कपुरकोटमा कृषि तथ्याङ्क सङ्कलक खटाएको छ ।

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही मङ्सिर ७ गतेबाट कर्णालीमा आयात र निर्यात हुने कृषि उपजको तथ्याङ्क अभिलेखीकरण गर्न तथ्याङ्क सङ्कलक खटाएको हो ।

मन्त्रालयका सचिव डा. नरहरि घिमिरेले प्रदेशभित्रका कृषि र पशुपक्षीजन्य वस्तुको उत्पादन र बजारीकरण प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस प्रदेशमा आयात निर्यात हुने कृषि उपजको तथ्याङ्क सङ्कलन गर्ने कार्य सुरु गरिएको बताए ।

‘हामीले जिल्लाका सुरक्षा निकाय र सरोकारवालासँगको समन्वय र सहकार्यमा तथ्याङ्क सङ्कलनको काम थालेका छौँ’, उनले भने, ‘यसका लागि यही मङ्सिर ७ गते नै दुवै नाकामा दुईदुई जना तथ्याङ्क सङ्कलक खटाइसकेका छौँ ।’

यसबाट कर्णाली प्रदेशमा उत्पादित भएर जाने र बाह्य क्षेत्रबाट आउने कृषि उपजको यथार्थ तथ्याङ्क प्राप्त हुने आशा गरिएको उनको भनाइ छ ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले यथार्थ तथ्याङ्क उपलब्ध नहुँदा बजार व्यवस्थापन र गुणस्तर नियन्त्रणमा परेको कठिनाइ अब हुने तथ्याङ्क सङ्कलनबाट सकिएर जाने बताए । उनले भने, ‘उक्त नाकाबाट दैनिक उपलब्ध हुने कृषि उपजका आयात तथा निर्यातको तथ्याङ्कलाई मन्त्रालय र मातहतका निकायले विश्लेषण गर्नेछन् । यसले बजार व्यवस्थापन र गुणस्तर प्रवर्द्धन गर्नेछ ।’

उपलब्ध तथ्याङ्कमार्फत यस मन्त्रालयलाई भावी नीति, कार्यक्रम तथा योजना बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने आशा गरिएको प्रवक्ता कठायतले बताए  । उनका अनुसार मन्त्रालयबाट खटाइएका तथ्याङ्क सङ्कलकले पालो मिलाई चौबीसै घण्टा दुवै नाकाबाट प्रदेशभित्र आवतजावत गर्ने सवारीसाधनलाई सुरक्षा निकायसँगको समन्वयमा कृषि उपजको विवरणको सोधखोज गरी लिनेछन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : २४ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ