कमल थापाले बोलाए कार्यसम्पादन समिति बैठक « Khabarhub

कमल थापाले बोलाए कार्यसम्पादन समिति बैठक


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको कार्य सम्पादन समितिको बैठक भोलि बिहान आठ बजे बस्ने भएको छ । पछिल्लो राजनितीक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल गर्न भोलि बिहान बैठक डाकिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

‘काठमाडौंमा उपलब्ध कार्य सम्पादन समितिका सदस्यहरुलाई सचिवालय मार्फत खबर गरिएको छ, उपत्यका बाहिरका पनि अनुकुल हुने उपस्थित हुनुहुनेछ’ बर्तौलाले भने । उनका अनुसार पछिल्लो समय भएको आन्दोलन, व्यवस्था र नेतृत्व तह प्रती देखिएको जनताको वितृष्णा र आक्रोश , मुलुकको अवस्थाका बारेमा महत्वपूर्ण छलफल भइ पार्टीले नयाँ रणनीति अख्तियार गर्नेछ । गृह जिल्ला हेटौंडामा रहेका थापा बैठकका निमित्त भनि काठमाडौं आइपुगिसकेका छन् । थापाले पार्टीले अबलम्बन गर्ने निति, सिद्धान्त, एजेन्डाको पक्षमा जसले आवाज उठाए आन्दोलन गरे पनि नैतिक समर्थन हुने स्पष्ट पारेका थिए ।

दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरी दमनको थापाले बिरोध गरेका छन् भने जनआवाजलाई नजरअन्दाज नगर्न र गम्भिरतापूर्वक लिन सत्तासिन दलहरुलाई आग्रह गरेका थिए । केही दल र नेताहरुले राजाको विरोध गरेकोमा थापाले असन्तुष्टि व्यक्त गर्दै यो राजसंस्था प्रतिको आकर्षणका विरुद्ध गणतान्त्रिक नेताहरुको बर्बराहट भन्ने टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १ : २१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको