जनमत पार्टीले मनायो रंगभेदविरुद्धको एकता दिवस « Khabarhub

जनमत पार्टीले मनायो रंगभेदविरुद्धको एकता दिवस


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीले रंगभेदविरुद्धको एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

आइतबार जनमत पार्टीले काठमाडौंस्थित पार्टी कार्यालयबाहिर रंगभेद आक्रमण अन्त्य गर भन्ने नाराका साथ प्रदर्शन गर्दै रंगभेदविरुद्धको एकता दिवस मनाएको हो । त्यस्तै तराई मधेसका जिल्लामा पनि रंगभेदविरुद्धको दिवस मनाएको पार्टीले जनाएको छ ।

जनमत पार्टीका सांसद अब्दुल खानले २०७१ मंसिर १० गते काठमाडौँको खुल्लामञ्चमा कार्यक्रम गर्ने क्रममा पार्टी अध्यक्ष राउत लगायत तीन सय भन्दा बढी नेता कार्यकर्तालाई रंगकै आधारमा गिरफ्तार गरेकाले हरेक वर्ष मंसिर १० गते रंगभेदविरुद्धको एकता दिवस मनाउन थालेको जानकारी दिए ।

जनमत पार्टीले रंगभेद अन्त्य गर्न र राष्ट्रिय एकता तथा सद्भावका लागि मंसिर १० गते रंगभेदविरूद्धको एकता दिवस मनाउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव समेत दर्ता गराएको खानले बताए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ३ : ०० बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु