जनमत पार्टीले मनायो रंगभेदविरुद्धको एकता दिवस « Khabarhub

जनमत पार्टीले मनायो रंगभेदविरुद्धको एकता दिवस


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीले रंगभेदविरुद्धको एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

आइतबार जनमत पार्टीले काठमाडौंस्थित पार्टी कार्यालयबाहिर रंगभेद आक्रमण अन्त्य गर भन्ने नाराका साथ प्रदर्शन गर्दै रंगभेदविरुद्धको एकता दिवस मनाएको हो । त्यस्तै तराई मधेसका जिल्लामा पनि रंगभेदविरुद्धको दिवस मनाएको पार्टीले जनाएको छ ।

जनमत पार्टीका सांसद अब्दुल खानले २०७१ मंसिर १० गते काठमाडौँको खुल्लामञ्चमा कार्यक्रम गर्ने क्रममा पार्टी अध्यक्ष राउत लगायत तीन सय भन्दा बढी नेता कार्यकर्तालाई रंगकै आधारमा गिरफ्तार गरेकाले हरेक वर्ष मंसिर १० गते रंगभेदविरुद्धको एकता दिवस मनाउन थालेको जानकारी दिए ।

जनमत पार्टीले रंगभेद अन्त्य गर्न र राष्ट्रिय एकता तथा सद्भावका लागि मंसिर १० गते रंगभेदविरूद्धको एकता दिवस मनाउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव समेत दर्ता गराएको खानले बताए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ३ : ०० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार