आयुर्वेदमा नेपालले धेरै विकास गर्नसक्छ : मन्त्री बस्नेत « Khabarhub

आयुर्वेदमा नेपालले धेरै विकास गर्नसक्छ : मन्त्री बस्नेत


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको क्षेत्रमा नेपालले धेरै विकास गर्नसक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले नेपाल अथाह जटिबुटीको खानी रहेकाले यस क्षेत्रमा नेपालले धेरै विकास गर्नसक्ने बताएका हुन् ।

उनले भारत र चीनमा आयुर्वेदको क्षेत्रमा भएको विकासबाट नेपालले पनि फाइदा लिनसक्ने भन्दै यस क्षेत्रको विकासका लागि राज्यले आवश्यक सहयोग गर्ने धारणा राखे ।

त्यस्तै, मन्त्री बस्नेतले मेडिकल शिक्षाको विकासमा मन्त्रालयको ध्यान केन्द्रित रहेको र यसले देशलाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सक्न उल्लेख गरे । मुलुकका तीन सय शय्यामाथिका अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउन पाउने गरी आवश्यक कानून परिमार्जनको तयारी भइरहेको उनको भनाइ छ ।

त्यस्तै मन्त्री बस्नेतले स्वास्थ्यकर्मीको अभाव हुन नदिन आवश्यक दरबन्दी सिर्जना गरेर त्यसलाई परिपूर्ति गर्ने बताए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ३ : ५१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र