सलमान खानको ‘द बुल’ करण जोहरको प्रोडक्सन हाउसले बनाउने « Khabarhub

सलमान खानको ‘द बुल’ करण जोहरको प्रोडक्सन हाउसले बनाउने


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

मुम्बई- सलमान खानको आगामी फिल्म ‘द बुल’ करण जोहरको प्रोडक्सन हाउसको ब्यानरमा बन्ने भएको छ । यस फिल्मलाई निर्देशक विष्णु वर्धनले निर्देशन गर्नेछन् ।

यो दोस्रो पटक हो जब सलमान र करण सँगै काम गर्दैछन् । यसअघि सलमान आफ्नो फिल्म ‘कुछ कुछ होता है’ मा देखिएका थिए । यद्यपि यो फिल्ममा उनको स्क्रिन टाइम कम थियो ।

आगामी प्रोजेक्टमा किक २ र दबंग ४ को नाम पनि समावेश गरिएको छ । निर्देशक सुरज बडजात्याको पारिवारिक मनोरञ्जनात्मक फिल्ममा पनि सलमान देखिनेछन् ।

द बुल फिल्ममा सलमान अर्धसैनिक अफिसरको भूमिकामा देखिनेछन्, जसको तयारीका लागि उनले तौल घटाउन थालेका छन् । फिल्मको पहिलो शेड्युलको छायांकन नोभेम्बरको अन्तिममा सुरु हुनसक्छ । यो कुरा सलमान आफैँले एक अन्तर्वार्तामा खुलासा गरेका छन् ।

फिल्म शेरशाह निर्देशक विष्णु वर्धनको पहिलो निर्देशित फिल्म थियो । यही फिल्मका लागि उनी यस वर्षको राष्ट्रिय अवार्डको स्पेशल ज्युरी अवार्डबाट सम्मानित भए । अवार्ड पाएपछि विष्णु वर्धनले आफू करण जोहरसँग आफ्नो अर्को प्रोजेक्टमा काम गरिरहेको पुष्टि गरेका थिए ।

स्रोत- एएनआई

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ४ : ४० बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका