सलमान खानको ‘द बुल’ करण जोहरको प्रोडक्सन हाउसले बनाउने « Khabarhub

सलमान खानको ‘द बुल’ करण जोहरको प्रोडक्सन हाउसले बनाउने


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

मुम्बई- सलमान खानको आगामी फिल्म ‘द बुल’ करण जोहरको प्रोडक्सन हाउसको ब्यानरमा बन्ने भएको छ । यस फिल्मलाई निर्देशक विष्णु वर्धनले निर्देशन गर्नेछन् ।

यो दोस्रो पटक हो जब सलमान र करण सँगै काम गर्दैछन् । यसअघि सलमान आफ्नो फिल्म ‘कुछ कुछ होता है’ मा देखिएका थिए । यद्यपि यो फिल्ममा उनको स्क्रिन टाइम कम थियो ।

आगामी प्रोजेक्टमा किक २ र दबंग ४ को नाम पनि समावेश गरिएको छ । निर्देशक सुरज बडजात्याको पारिवारिक मनोरञ्जनात्मक फिल्ममा पनि सलमान देखिनेछन् ।

द बुल फिल्ममा सलमान अर्धसैनिक अफिसरको भूमिकामा देखिनेछन्, जसको तयारीका लागि उनले तौल घटाउन थालेका छन् । फिल्मको पहिलो शेड्युलको छायांकन नोभेम्बरको अन्तिममा सुरु हुनसक्छ । यो कुरा सलमान आफैँले एक अन्तर्वार्तामा खुलासा गरेका छन् ।

फिल्म शेरशाह निर्देशक विष्णु वर्धनको पहिलो निर्देशित फिल्म थियो । यही फिल्मका लागि उनी यस वर्षको राष्ट्रिय अवार्डको स्पेशल ज्युरी अवार्डबाट सम्मानित भए । अवार्ड पाएपछि विष्णु वर्धनले आफू करण जोहरसँग आफ्नो अर्को प्रोजेक्टमा काम गरिरहेको पुष्टि गरेका थिए ।

स्रोत- एएनआई

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ४ : ४० बजे

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर

बडीमालिका हिमपात अपडेट : एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि