चितवनमा ४ महिनामा १ सय ६७ वटा घरेलु हिंसाका घटना | Khabarhub Khabarhub

चितवनमा ४ महिनामा १ सय ६७ वटा घरेलु हिंसाका घटना


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन जिल्लामा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा चालु आर्थिक वर्षको कात्तिकसम्ममा सो सङ्ख्यामा निवेदन दर्ता भएका हुन् । दर्ता भएका निवेदनमध्ये खान लाउन नदिएकोसम्बन्धी ४५ वटा, कुटपिटसम्बन्धी ७० वटा र गाली बेइज्जतीसम्बन्धी ५२ वटा छन् ।

कूल निवेदनमध्ये एक सय २८ वटा मिलापत्र भएका छन् । साथै २२ वटा अदालती प्रक्रियामा गएका छन् भने १७ वटा छलफलका क्रममा रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चार सय ४३ घरेलु हिंसाका निवेदन दर्ता भएका थिए । आर्थिक वर्ष २०७९/८० मा यो सङ्ख्या तीन सय ९५ थियो । निवेदनमध्ये सबैभन्दा धेरै कुटपिटसम्बन्धी उजुरी रहेको उनले जानकारी दिए ।

यस्तै, कार्यालयको तथ्याङ्कअनुसार चालु आवको कात्तिकसम्ममा १६ वटा जबरर्जस्ती करणीका उजुरी दर्ता भएका छन् । यस्तै दुई वटा जबरर्जस्ती करणी उद्योगसम्बन्धी, १३ वटा बालयौन दुर्व्यवहारसम्बन्धी, एउटा अप्राकृतिक मैथुनसम्बन्धी, चार वटा बहुविवाह र एउटा बालबिबाहसम्बन्धी उजुरी दर्ता भएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ४ : ५० बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका