महेन्द्रनगर- सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा राप्रपाका १८ जना नेता कार्यकर्ताविरुद्ध सार्वजनिक मुद्दा दायर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध सार्वजनिक अपराधको मुद्दा दायर गरेको हो ।
राप्रपा कञ्चनपुरको आयोजनामा शुक्रबार भएको संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको प्रदर्शनका पार्कभित्र रहेको सालिक तोडफोड भएको थियो । उक्त तोडफोडमा राप्रपाका आन्दोलनकारीहरु सहभागी भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया