एमाले सचिव भट्टराई चढेको गाडीमा तोडफोड « Khabarhub

एमाले सचिव भट्टराई चढेको गाडीमा तोडफोड


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई चढेको गाडीमा तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाडौँ फर्किने क्रममा सचिव भट्टराई चढेको गाडीमा पहिचानवादी समूहका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

त्यसअघि उनलाई कालो झन्डा देखाइएको थियो । ताप्लेजुङस्थित आफ्नै निवासअगाडि सचिव भट्टराईलाई पहिचानवादीहरुको समूहले कालो झन्डा देखाएका हो ।

एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला पुगेका भट्टराईलाई कालो झन्डा देखाउँदै पहिचानवादी कार्यकर्ताहरुले उनीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

पहिचान पक्षधरले कोशी प्रदेश नामको खारेजी हुनुपर्ने, साथै किराँत राज्य हुनुपर्नेलगायतका माग गर्दै नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ५ : ५४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल