एमाले सचिव भट्टराई चढेको गाडीमा तोडफोड | Khabarhub Khabarhub

एमाले सचिव भट्टराई चढेको गाडीमा तोडफोड


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई चढेको गाडीमा तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाडौँ फर्किने क्रममा सचिव भट्टराई चढेको गाडीमा पहिचानवादी समूहका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

त्यसअघि उनलाई कालो झन्डा देखाइएको थियो । ताप्लेजुङस्थित आफ्नै निवासअगाडि सचिव भट्टराईलाई पहिचानवादीहरुको समूहले कालो झन्डा देखाएका हो ।

एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला पुगेका भट्टराईलाई कालो झन्डा देखाउँदै पहिचानवादी कार्यकर्ताहरुले उनीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

पहिचान पक्षधरले कोशी प्रदेश नामको खारेजी हुनुपर्ने, साथै किराँत राज्य हुनुपर्नेलगायतका माग गर्दै नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ५ : ५४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग