जुम्लाको अर्गानिक कोसेली पर्यटकको रोजाइमा | Khabarhub Khabarhub

जुम्लाको अर्गानिक कोसेली पर्यटकको रोजाइमा


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको अर्गानिक कोसेली यहाँ आउने पर्यटनको रोजाइमा पर्ने गरेको छ । यहाँको मार्सी चामल, स्याउको चुना, फापर तथा कोदोको पिठो आन्तरिक पर्यटनको रोजाइमा पर्ने गरेको सदरमुकाम खलङ्गास्थित रारा अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए ।

घुम्नका लागि उपयुक्त मानिने यो समयमा मुगु जिल्लामा रहेको रारा ताल पुगेर फर्केका अधिकांश आन्तरिक पर्यटनको मुख्य रोजाइ अर्गानिक सिमीको दालसँगै मार्सी चामलको खाना हुने गरेको यहाँस्थित दौतरी होटलका सञ्चालक पदम महतले जानकारी दिए ।

रारा घुमेर फर्किदा सदरमुकामबाट २० किलो कोदोलगायत अर्गानिक खाद्यान्न किनेको बुटवलका रमेश केसीले बताए । कोदोको रोटी, ढिँडो र केक बनाएर खान मिल्नुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुने भएकाले किनेको उनको भनाइ थियो ।

खलङ्गास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले खोलेको अर्गानिक मिनी मार्केटमा कोदोको पिठो किन्ने आन्तरिक पर्यटकको घुइँचो हुने गरेको मार्केटका व्यवस्थापक ऋषिराम पाण्डेले बताए । “दुई वर्षअघिसम्म कोदाको दाना बेच्ने गरेका थियौँ । अहिले किसानसँग पिठो खरिद गरी बेच्ने गरेका छौँ”, उनले भने, “किसानको घरदैलोमा पुगेर कोदो, फापरको पिठो किनेर ल्याउने गरेका छौँ ।”

चन्दननाथ नगरपालिका–८ कोटिलाका धर्मराज बोहोरा कोदो खेती गर्ने किसान हुन् । अधिकांश बारीमा कोदो रोपिएको उनले जनाउँदै करिब ८० किलो पिठो बेचेर रू आठ हजार आम्दानी भएको बताए । उनका अनुसार कोदो र स्याउखेतीबाट आएको आम्दानीले घरखर्च चलेको छ ।

कोदोको पिठो बेचेर छोराछोरीको पढाइ र घरखर्च चलिरहेको तिला गाउँपालिका–१ का किसान शेर रावतले बताए । पर्यटकले पिठो लिने गरेकाले बजारको कुनै समस्या नभएको उनको भनाइ थियो । उनका अनुसार जुम्लामा चैत–वैशाखमा कोदो रोपेर असोजमा भित्र्याइन्छ ।

यस वर्षमा तीन सय किलो कोदोको पिठो बिक्री भइसकेको चन्दननाथ अर्गानिक मिनी मार्केटले जनाएको छ । मार्केटले किसानबाट कोदोको पिठो रू एक सयमा किनेर उपभोक्तालाई रू एक सय ५० मा उपलब्ध गराउँदै आएको जनाएको छ ।

कोदोको अत्यधिक माग भए पनि यसको संरक्षणमा यहाँका स्थानीय तहले कुनै नीति तथा कार्यक्रममा चासो नदिएको तिला गाउँपालिकाका स्थानीयवासी नौशेर रावतले बताए । नेपालको पहाड र तराई दुवै क्षेत्रमा कोदोको खेती हुने गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ६ : ०८ बजे

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि थप गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी

पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

काठमाडौं – सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

शीतलहर प्रभावितलाई एकद्वार प्रणालीमार्फत कम्बल वितरण गरिने

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जाडोयाममा शीतलहरबाट प्रभावित हुने

चिसो बढेपछि विद्यालय बन्द

रौतहट – केही दिनदेखि हुस्सु र चिसो सिरेटोसँगै बढेको जाडोका

सोलुखुम्बुमा भूकम्पले एक सरकारीसहित आठ घरमा क्षति

सोलुखुम्बु – आज बिहान आएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ