कुवेत पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

कुवेत पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुवेत पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको राब्दिकोट घर भइ हाल काठमाडौंको बसुन्धारा बस्ने २२ वर्षे चक्र पोखरेल रहेका छन् ।

उनले दिपेश तामाङलाई रोजगारीका लागि कुवेत पठाइदिने प्रलोभन देखाएर १० लाख ८६ हजार रुपैयाँ ठगी गरेका थिए । उनले कुवेतमा मासिक ६० हजार रुपैयाँ तलब हुने प्रलोभन देखाएका थिए ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ४४ बजे

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित