महिला हिंसाविरुद्ध सशस्त्र प्रहरी परिवार महिला संघको कार्यक्रम सुरु « Khabarhub

महिला हिंसाविरुद्ध सशस्त्र प्रहरी परिवार महिला संघको कार्यक्रम सुरु


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानअन्तर्गत सशस्त्र प्रहरी परिवार महिला संघले कार्यक्रम सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा मंसिर १० गते जोन्टा क्लब अफ काठमाडौंको सहकार्यमा संघले महिला हिंसाविरुद्धको कार्यक्रम सुरु गरेको हो ।

सो कार्यक्रमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले उद्घाटन गर्दै जोन्टा क्लब अफ काठमाडौंको सहकार्यमा हुन गईरहेको महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सफलताको शुभकामना दिए ।

उनले वर्तमान समयमा भइरहेको महिला हिंसाका विभिन्न घटनाहरुलाई निरुत्साहित गरी गाउँ, समाज र राष्ट्रलाई असल र सभ्य बनाउन यस्ता किसिमका अभियानले ठूलो भूमिका निर्वाह गर्ने बताउँदै आगामी दिनहरुमा समेत अभियान संचालनको लागि सशस्त्र प्रहरी बल नेपालको साथ र सहयोग रहिरहने उल्लेख गरे ।

कार्यक्रममा महिला हिंसा भनेको के हो, यो किन हुन्छ र यसको अन्त्य गर्न हाम्रो भूमिका कस्तो हुनुपर्छ भन्ने लगायतका विविध गतिविधिहरुको समेत प्रदर्शन गरिएको थियो । सो कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, सशस्त्र प्रहरी परिवार महिला संघ तथा जोन्टा क्लब अफ काठमाडौंका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र सशस्त्र प्रहरी अधिकृत, विल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ५३ बजे

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास