चिनियाँ युद्धपोतले गोताखोरलाई घाइते बनाएपछि अस्ट्रेलियन प्रधानमन्त्री : ‘सम्बन्ध बिग्रिनसक्छ’ « Khabarhub

चिनियाँ युद्धपोतले गोताखोरलाई घाइते बनाएपछि अस्ट्रेलियन प्रधानमन्त्री : ‘सम्बन्ध बिग्रिनसक्छ’


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सिड्‍नी- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले चिनियाँ युद्धपोतले एक जना अस्ट्रेलियन गोताखोरलाई घाइते बनाएपछि दुई मुलुकबीचको सम्बन्ध बिग्रिनसक्ने चेतावनी दिएका छन् । उनले चिनियाँ युद्धपोतले जापानी आर्थिक क्षेत्रको समुद्रमा खतरनाक र अमर्यादित ढंगले गतिविधि गरेको आरोप पनि लगाए ।

गत नोभेम्बर १४ मा भएको घटनामा चिनियाँ र अस्ट्रेलियन नौसैनिक पानीजहाज आमने सामने हुँदा अस्ट्रेलियाका एक जना सैनिक गोताखोर घाइते भएका थिए ।

अस्ट्रेलियन नौसैनिक पानीजहाज एचएमएस टुवुम्बाले जापानी समुद्री क्षेत्रमा माछा मार्ने जालहरु हटाइरहेका बेला चिनियाँ नौसैनिक पानीजहाजले खतरनाक गतिविधि सञ्चालन गर्दा एक जना सैन्य गोताखोर घाइते भएका थिए ।

घटनापछि स्काई न्यूज अस्ट्रेलियासँगको कुराकानीमा प्रधानमन्त्री अल्बानिजले भने, ‘चिनियाँ नौसैनिक युद्धपोतको त्यो कदम अमर्यादित र असुरक्षित थियो ।’

यता चीनले भने अस्ट्रेलियन प्रधानमन्त्रीको आरोपको खण्डन गर्दै आफ्नो नौसैनिक पानीजहाजले अन्तर्राष्ट्रिय कानूनअनुसार गतिविधि सञ्चालन गरेको जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : २१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया