भारत र नेपालको सम्बन्ध अतुलनीय छ : उपराष्ट्रपति « Khabarhub

भारत र नेपालको सम्बन्ध अतुलनीय छ : उपराष्ट्रपति


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

रुपन्देही –उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन भारत सरकार र भारतीय दूतावासले गरेको सहयोग प्रशंसनीय रहेको बताएका छन्।

उपराष्ट्रपतिले दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक र प्राचीनरुपले नै अतुलनीय रहेको जनाउँदै नेपालको विकास साझेदार बनेकामा भारत सरकारलाई धन्यवाद दिए ।

आइतबार रुपन्देहीको रोहिणी गाउँपालिका–२, पोखरभिण्डीमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको पोखरभिण्डी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले शैक्षिक क्षेत्रको विकासमा सबै पक्ष र वर्गले सहयोग गर्न आवश्यक रहेको जनाए । उनले शिक्षकको दरबन्दी र विद्यार्थीको अनुपात मिलाउन लाग्नुपर्नेमा समेत जोड दिए ।

उपराष्ट्रपति यादवले विनाभिसा दुई देशका नागरिक आवतजावत गर्न सक्ने गरी स्थापित नेपाल–भारत सम्बन्ध अन्यत्र विरलै पाइने जनाए । दुई देशबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अन्य मुलुकका लागि उदाहरणीय मात्रै नभई अद्वितीय र प्रशंसनीय रहेको उनको भनाइ छ । नेपालको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यमा भारतले गर्दै आएको सहयोगले मुलुकको विकास र समृद्धिमा टेवा पुगेको उपराष्ट्रपति यादवले जनाए ।

‘नेपाल र भारतबीच रोटीबेटीको सम्बन्धमात्र नभई दुवै देशबीच वैवाहिक, सांस्कृतिक, धार्मिक, पर्यटन एवं रोजगारीका क्षेत्रमा एकअर्काको परिपूरकका रुपमा रहेको छ,’ उनले भने, ‘यो सुखद विषय हो, यसलाई जीवन्त बनाइराख्न आवश्यक छ ।’

भारतीय राजदूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले भारतले नेपालसँगको सहकार्यलाई अझै सुदृढ बनाउँदै गएको बताए । उनले नेपालको विकासमा साझेदार बन्न पाएकोमा खुशी व्यक्त गर्दै शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर भारतले सहयोग गरिरहेको जानकारी दिए।

भारत सरकारको सहयोगमा सञ्चालित ‘हाई इम्पेक्ट कम्युनिटी डेभलपमेन्ट परियोजना’ २० वर्ष पूरा भएको बताउँदै उनले यस अवधिमा यस परियोजनाअन्तर्गत पाँच सय ५० भन्दा बढी परियोजना सुरु गरेको बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, दीपक बोहराका तर्फबाट उनका छोरा प्रज्वल बोहोरा, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सिके गुप्ता लगायतले बोलेका थिए ।

भारतको अनुदान सहयोगमा नेपाली रु एक करोड ४९ लाखको लागतमा २०६९ सालमा पोखरभिण्डी माविको भवन निर्माण गरिएको थियो । दुईतले उक्त विद्यालय भवनमा १२ वटा कक्षाकोठा छन् । उक्त विद्यालयमा भारतीय विद्यार्थी पनि अध्ययन गर्छन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : ४६ बजे

भक्तपुरको थिमिमा बिस्केट जात्राको रौनक

भक्तपुर– भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको

नारायणगढ-बुटवल सडकको सुस्त गतिप्रति गृहमन्त्रीको असन्तुष्टि, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता

नवलपरासी – गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा भइरहेको

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको

हर्कराज राईले खुलाए आफ्नो सम्पत्ति: आमाको नाममा भिरालो पाखो, बैंकमा २-४ लाख

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो सम्पत्ति

इन्धनको मूल्यवृद्धिको मारमा सुदूरपश्चिमका ठूला आयोजना, काम रोकिने अवस्थामा

महेन्द्रनगर– पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि र आपूर्तिमा देखिएको