अष्ट्रेलियाविरुद्ध भारतको सानदार जित « Khabarhub

अष्ट्रेलियाविरुद्ध भारतको सानदार जित


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध भारत विजयी भएको छ । भारतले अष्ट्रेलियालाई ४४ रनले पराजित गरेको हो । जितसँगै पाँच खेलको टि२० आई सिरिजमा भारतले २–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले २५ बलमा सर्वाधिक ४५ रन बनाए । त्यस्तै कप्तान म्याथ्यु वेड ४२, टिम डेविडले ३७, जोश इंग्लिस २ र ग्लेन म्याक्सवेल १२ रन बनाए ।

बलिङतर्फ भारतका रवि विश्रोई र प्रसिद्ध कृष्णा ३/३ विकेट लिए । त्यस्तै अर्शलीप सिंह, अक्षर पटेल र मुकेश कुमारले एक/एक विकेट लिए ।

त्यसअघि विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो ।

भारतका लागि ओपनर रितुराज गायकवाडले ४३ बलमा ५८ रन बनाए । अर्का ओपनर यशस्वी जैसवालले २५ बलमा ५३ रन बनाउदै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यस्तै इशान किशनले ५२, रिंकु सिँहले ३१, सुर्यकुमार यादवले १९, तिलक बर्माले ७ रन बनाए ।

अष्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए । मार्कस स्टोइनिसले १ विकेट लिए । पहिलो खेलमा भारत २ विकेटले विजयी भएको थियो । अब तेस्रो खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ११ : २१ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४