आजदेखि सौराहामा १७औँ हात्ती महोत्सव हुँदै « Khabarhub

आजदेखि सौराहामा १७औँ हात्ती महोत्सव हुँदै


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको सौराहामा आजदेखि १७औँ हात्ती महोत्सव सुरु हुँदैछ । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा महोत्सव हुन लागेको हो ।

कोरोना महामारी पछि स्थगित भएको महोत्सव चारवर्ष पछि फेरि आयोजना गरिएको हो ।

यसपटक चित्रसारीको चौरमा महोत्सव गर्न लागिएको हो । यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएको थियो ।

महोत्सवमा हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता मात्रै गर्ने आयोजक क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । योसँगै डुङ्गा दौड, पर्यटकीय गोष्ठी र सेमिनार हुनेछ ।

यसपटक ३० निजीसहित ४० हात्ती वनभोजमा सहभागी गराइने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतकाे अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

अंग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ आयोजित महोत्सव पुस १४ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ६ : २५ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ