२०२३ को विश्व खेलकुदका नायक | Khabarhub Khabarhub

२०२३ को विश्व खेलकुदका नायक

पेरिस ओलम्पिकमा अमेरिकी सानको आधार


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

सन् २०२३ को अन्त्यमा संसार पुगेको छ। केही दिन पछि नै संसारले नयाँ वर्षको भव्यताको स्वागत गर्ने छ। आगामी वर्ष पेरिसमा आयोजना हुने गृष्मकालीन ओलम्पिकको एक वर्ष अघिको यो वर्षका मुख्य तीन विश्व च्याम्पियन सबै भन्दा महत्त्वपूर्ण रहे। फुटबलका घरेलु लिग र क्रिकेट विश्वकप यस वर्षका महत्त्वपूर्ण घटना रहे। यसै वर्ष भएका टेनिसका चार ग्रान्डस्लाम तथा रग्बी विश्वकप महत्त्वपूर्ण भए।

दक्षिण एसियामा भएको विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ। प्याट कुमिन्सको नेतृत्वमा रहेको अस्ट्रेलियाले भारतलाई फाइनलमा हराउँदै छैटौँ पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो।

अस्ट्रेलियालाई विश्वकप उपाधि दिलाउने क्रममा ट्रेभिस हेडले सेमिफाइनल र फाइनलमा शानदार प्रदर्शन गरे। यसै बापत उनी दुवै खेलको म्यान अफ द म्याच घोषित भए। अस्ट्रेलियाले फाइनल प्रवेश गर्ने क्रममा सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराएको थियो। क्रिकेटका विश्वकप उपाधि जित्न नसकेको दक्षिण अफ्रिकाले रग्बीमा भने फाइनलमा न्युजिल्यान्डलाई १२–११ को साँघुरो अन्तरले हराउँदै उपाधि जितेको थियो।

दक्षिण एसियामा भएको विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ। प्याट कुमिन्सको नेतृत्वमा रहेको अस्ट्रेलियाले भारतलाई फाइनलमा हराउँदै छैटौँ पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो।

अर्जेन्टाइन लियोनल मेसीले आठौँ पटक फुटबलको बालोन डी अवार्ड जिते। यसैगरी महिला तर्फको उपाधि आइटाना बोनवाटीले जितिन्।

पुरुष फुटबलमा सन् २०१० को सुरुवातमा तहल्का पिटेको स्पेनले यसै वर्ष महिला विश्वकप फुटबलको उपाधि जितेको छ। यस वर्ष भएको युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनलमा इन्टर मिलानलाई १–० ले हराउदै इङ्गलीस क्लब म्यानचेस्टर सिटीले यस वर्षको च्याम्पियन्स लिग फुटबलको उपाधि जित्यो।

टेनिसको हकमा नोभाक जाकोभिच यस वर्ष एकदमै छाए। वर्षका तीन ग्रान्डस्लाम उपाधि जोकोभीचले हात पारे। उनले अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र युएस ओपनको उपाधि जिते। विम्बल्डनको उपाधि भने यस वर्ष कार्लोस अल्काराजले जिते।

अस्ट्रेलियालाई विश्वकप उपाधि दिलाउने क्रममा ट्रेभिस हेडले सेमिफाइनल र फाइनलमा शानदार प्रदर्शन गरे। यसै बापत उनी दुवै खेलको म्यान अफ द म्याच घोषित भए।

महिलातर्फ चार फरक खेलाडीले ग्रान्डस्लाम उपाधि जिते। वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियनको उपाधि आर्येना साबलेन्काले हात पारिन्। फ्रेन्च ओपनको उपाधि इगा स्वाइटेत तथा विम्बल्डनको उपाधि माकेटा भान्डेरोसोले जितिन्। वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको उपाधि कोका गाउफले जितिन्।

विश्व एथलेटिक्स च्याम्पियनसिपमा अमेरिकाले १२ स्वर्ण पदकसहित पहिलो स्थान पायो। हंगेरीको बुढा पेस्टमा भएको च्याम्पियनसिपमा क्यानडा चार तथा स्पेन चार स्वर्ण सहित शीर्ष तीन स्थानमा रहे। जमैका र केन्याले बराबर तीन स्वर्ण पदक जित्दा अघिल्लो संस्करणमा उप विजेता बनेको इथियोपिया छैटौँ स्थानमा सीमित भयो।

अमेरिकाका साकारी रिचर्डसन र नोह लायस संसारको तेज व्यक्ति बने। यसै गरी लायसले दुई सय मिटरको पनि उपाधि जितेर बोल्ट पछि आफूलाई संसारको महान् खेलाडीको सूचीमा राखे।

यसै वर्ष बेल्जियममा जिम्न्यास्टिकको विश्व च्याम्पियनसिप आयोजना भयो। सो च्याम्पियनसिपबाट १५ पुरुष टोली अर्को वर्ष पेरिस ओलम्पिकमा लागि छनोट भए। पुरुष तर्फको टिम उपाधि जापानले जित्यो। चीन दोस्रो तथा अमेरिका तेस्रो भयो।

अमेरिकाका साकारी रिचर्डसन र नोह लायस संसारको तेज व्यक्ति बने। यसै गरी लायसले दुई सय मिटरको पनि उपाधि जितेर बोल्ट पछि आफूलाई संसारको महान् खेलाडीको सूचीमा राखे।

पुरुष अलराउण्डमा पनि जापानका हासिमोटो काइटी पहिलो भए। पुरुषको फ्लोरमा इजरायलका आर्टेम डोलागपायटले उपाधि जिते भने पामेल हर्समा पनि सोही टोलीका रिस म्यागनेनान पहिलो भए। रिङमा चीनका लिउ चाङ पहिलो भए।

भोल्टमा बेलायतमा जाके जर्मान पहिलो भए। प्यारलल बारमा जर्मनीका लुकास डाउसरले उपाधि जिते। हाइ बारमा जापानका डाइकी पहिलो भए।

महिलातर्फ अमेरिका पहिलो तथा ब्राजिल दोस्रो भए। अलराउण्डको उपाधि पनि अमेरिकाकी सिमोन वाइल्सले जितिन्। भल्टमा ब्राजिलकी रेकेब एडगील्टन पहिलो तथा वाइल्स दोस्रो भए। अन इभन बारमा चीनकी क्वी क्वीक्वान पहिलो भइन्। बिममा पनि वाइल्स पहिलो भइन्। फ्लोरको उपाधि पनि वाइल्सले जितिन्।

सर्बीयाको बेलग्रेडमा कुस्तीको विश्व च्याम्पियनसिप भएको थियो। सो विश्व च्याम्पियनसिपमा फ्रिस्टाइलमा अमेरिका तथा ग्रीको रोमनमा अजरबैजान प्रभावकारी देखिए। समग्रमा भने जापान प्रभावकारी भएको थियो। समग्रमा जापानले ६ स्वर्ण पदक तथा अमेरिकाले चार स्वर्ण पदक जिते।

सन् २०२३ मा खेलकुद क्षेत्रका नायक भने लियोनल मेसी, नोभाक चोकोभिच, नोह लायस, ट्रेभिस हेड र सिमोन वाइल्स भएको कुरा नकार्न मिल्दैन।

पौडीको विश्व च्याम्पियनसिप जापानको फुकोओकामा भएको थियो। विश्व च्याम्पियनसिपमा अस्ट्रेलिया पौडीमा पहिलो भयो भने डाइभिङमा चीन पहिलो भयो। चीनले १३ स्पर्धामा १२ मा स्वर्ण पदक जितेको थियो। परन्तु चीनको विगतका कब्जामा अस्ट्रेलियाले धावा बोलेको छ। अस्ट्रेलियाले १० मिटर प्लेटफर्ममा स्वर्ण पदक जितेको हो। सो स्पर्धा ओलम्पिक स्पर्धा हो। प्राय ओलम्पिकमा डाइभिङमा क्लीन स्वीप गर्ने चीनका लागि पेरिसमा त्यो सम्भावना कम देखिएको छ।

पौडीमा अस्ट्रेलियाले १४ तथा अमेरिकाले सात स्वर्ण पदक जिते। अमेरिकी मेगओ कागलान स्प्रीन्टकी स्टार बनिन्। यसै गरी ब्याकस्ट्रोक स्टार केली म्याककोन पनि यस वर्षको विश्व च्याम्पियनसिपमा छाइन्।

सात स्वर्ण पदक जिते पनि धेरै स्पर्धामा रजत जितेको अमेरिकाका लागि पेरिसका लागि केही राम्रो सम्भावना देखिएको छ। विश्व च्याम्पियन भन्दा पछि रहेका अमेरिकाको घरेलु प्रतियोगितालाई आधार मान्दा पेरिस ओलम्पिकमा अमेरिका नै पौडीमा पहिलो हुने प्रस्ट आधार देखिएको छ। टेबल टेनिसमा चीनको परम्परागत प्रभाव यथावत रहेको छ।

सन् २०२३ लाई आधार मान्दा आगामी वर्ष पेरिसमा हुने विश्वकपमा अमेरिका नै हाबी हुने प्रस्ट देखिएको छ। आगामी वर्ष अमेरिकालाई पहिलो स्थान दिलाउने खेलको रूपमा एथलेटिक्स, कुस्ती र जिम्न्यास्टिक प्रमुख रहन सक्छन्। यसैगरी चीनले कम लोकप्रिय रहेको खेल मार्फत अमेरिकालाई पछ्याउन सक्ने छ। परन्तु टोकियो ओलम्पिकमा झैँ एकदमै नजिक रहने सम्भावना कम छ।

सन् २०२३ लाई आधार मान्दा आगामी वर्ष पेरिसमा हुने विश्वकपमा अमेरिका नै हाबी हुने प्रस्ट देखिएको छ। आगामी वर्ष अमेरिकालाई पहिलो स्थान दिलाउने खेलको रूपमा एथलेटिक्स, कुस्ती र जिम्न्यास्टिक प्रमुख रहन सक्छन्।

हरेक चार वर्षमा आयोजना हुने ओलम्पिक खेलको आधार यस अघिको वर्ष त हो। तथापि त्यो नै अन्तिम भने पक्कै होइन। त्यस देशमा उत्पन्न आर्थिक र सामाजिक विकासले पनि पक्कै असर गर्ने छ। सन् २०१९ मा सुरु भएको कोरोना महामारीले अमेरिकालाई सबै भन्दा धेरै असर गरेका कारण ओलम्पिक खेलमा पनि प्रभाव परेको थियो। धेरै विश्लेषकका अनुसार अहिले चीनको ओरालो आर्थिक यात्राले खेलकुदमा पनि पक्कै प्रभाव पार्ने छ। यसले अर्को वर्ष हुने ओलम्पिक खेलकुदमा पनि प्रभाव पार्न सक्ने छ।

केही खेलाडीको उत्कृष्ट पुनरागमनले पनि आगामी वर्षको ओलम्पिकमा अमेरिका पहिलो हुने आधार देखा परेको छ।

सन् २०२३ मा खेलकुद क्षेत्रका नायक भने लियोनल मेसी, नोभाक चोकोभिच, नोह लायस, ट्रेभिस हेड र सिमोन वाइल्स भएको कुरा नकार्न मिल्दैन। स्रोतः ओलम्पिक, वर्ल्ड एक्वाटीक, वर्ल्ड, एथलेटिक्स, स्पोर्ट्स याहु

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ६ : ५८ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।