वर्ष २०२३ : हजार करोड क्लबमा शाहरुखका दुई फिल्म « Khabarhub

वर्ष २०२३ : हजार करोड क्लबमा शाहरुखका दुई फिल्म


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शाहरुख खानलाई बलिउडका बादशाह भन्ने गरिन्छ । उनका फ्यानले ‘किङ खान’ उपमा दिएका छन् । ५८ वर्षको उमेरमा पनि उनले यो वर्ष तीन वटा फिल्म खेले । 

वर्ष २०२३ बित्न ५ दिन मात्र बाँकी छ । शाहरुखका दुई फिल्म जवान र पठान सुपर हिट बने भने तेस्रो फिल्म डंकी प्रदर्शनमा छ । यद्यपि ‘माउथ पब्लिसिटी’ राम्रो छ तर व्यापार दुई फिल्मको तुलनाका केही कमजोर छ । 

उनको फिल्म पठान र जवानले विश्व बजारमा एक हजार करोडको व्यापार गरका छन् । यो सफलता यसभन्दा अघि कुनै अभिनेताले प्राप्त गरेका थिएनन् । अर्थात् कुनै बलिउड अभिनेताको एक वर्ष प्रदर्शनमा आएका दुई फिल्मले यो आँकडा छुन सकेका थिएनन् ।

जवानको रेकर्ड
सेप्टेम्बर ७ बाट प्रदर्शनमा शाहरुखको जवानले सबैभन्दा छिटो एक हजार करोडको व्यापार गर्ने फिल्मको रेकर्ड राखेको छ । 

घरेलु बजारमा सबैभन्दा छिटो ५०० करोडको व्यापार गर्ने र विश्व बजारमा सबैभन्दा बढी व्यापार गर्ने बलिउड फिल्म पनि यही हो । 

बक्स अफिस ट्रयाकर स्याननिल्कका अनुसार जवानले १० दिनमा सो आँकडा पूरा गरेको हो । 

पठान
यो वर्षको सुरुवातमा अर्थात् जनवरी २५ बाट प्रदर्शनमा आएको शाहरुखको पठानले २२ दिनमा घरेलु बजार ५०० करोडको व्यापार गरेको थियो । 

त्यस्तै, विश्व बजारमा यो फिल्मले २७ दिनमा एक हजार करोडको व्यापार गरेको थियो । 

छोरीको बलिउडमा डेब्यु
शाहरुखका लागि यो वर्ष पारिवारिक कारणले पनि सुखद रह्यो । यो वर्ष उनको छोरी सुहानाले बलिउडमा डेब्यु गरिन् । 

सुहाना अभिनीत फिल्म द आर्चिज नोभेम्बर २२ मा ओटीटी प्लेटफर्ममा सार्वजनिक भएको थियो । उनले यही फिल्मको ‘जब तुम ना थे’ भन्ने गीतबाट गायनमा समेत डेब्यु गरिन् । 

सुहानाले अभिनयमार्फत् राम्रो छाप छोड्न नसके पनि आगामी दिनमा अभिनयका लागि बाटो खुलाएकी छिन् । 

फिल्म निर्माणमा पनि सफलता
सबैभन्दा छिटो एक हजार करोडको व्यापार गर्ने अर्थात् जवानको फिल्मको निर्माता पनि शाहरुख खानको कम्पनी रेड चिलिज हो ।

फिल्म निर्माणको हिसाबले पनि यो वर्ष उनका लागि सुखद बन्यो । अर्थात् उनले रेकर्ड ब्रेक फिल्ममा अभिनय मात्रै होइन लगानी पनि गरे । 

त्यस्तै उनले लगानी गरेको डंकीले पनि प्रदर्शनमा आएको तीन दिनमा लगानी सुनिश्चित गरिसकेको छ । 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ६ : ४४ बजे

औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

बेइजिङ- विश्वमा जडान हुने औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्रको अन्तरदिवसीय (इन्ट्राडे) कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र

गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

एजेन्सी – सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले दक्षिणी सिरियामा इजरायलको

ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं– सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को

​एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न : पूर्वराष्ट्रपति भण्डारी वरिष्ठ नेता, ७ स्थायी कमिटी सदस्य चयन

ललितपुर– नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको