नेपाल सुपर लिग : आज काठमाडौँ र ललितपुर भिड्दै « Khabarhub

नेपाल सुपर लिग : आज काठमाडौँ र ललितपुर भिड्दै


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलको इलिमिनेटरमा आज काठमाडौँ रेजर्स र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।  खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

यो खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित टिम पोखरा थण्डर्ससँग दोस्रो क्वालिफायर खेल्ने छ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ । दोस्रो क्वालिफायर खेल बिहीबार हुनेछ ।

पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

लिग चरणका खेलहरू सकिएपछि शीर्ष चार टोली प्लेअफमा पुगेका छन् । जसमा पोखरा थण्डर्स १५ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको हो भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो ।

त्यसैगरी डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्स १२ अंकसहित तेस्रो हुँदै र ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो हुँदै प्लेअफमा छनौट भएको हो । यस सिजनको फाइनल खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : ३९ बजे

कागेश्वरी मनोहराका वडाध्यक्ष थापाको निधन

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

कञ्चनपुर– बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका

एनपीएल बलिङमा सर्वाधिक १२ विकेट लिने यी हुन् चार नेपाली खेलाडी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा ३२ मध्ये २५ खेल

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

ढोरपाटन– भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको