एकीकृत घुम्ती सेवा शिविरबाट चारसय बढी लाभान्वित | Khabarhub Khabarhub

एकीकृत घुम्ती सेवा शिविरबाट चारसय बढी लाभान्वित


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिक्तेलको रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमा चार सय ७७ जना स्थानीय लाभान्वित भएका छन् ।

नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाजले आयोजना गरेको घुम्ती सेवा शिविरमा ९५ जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचयपत्र, ४० जनालाई नागरिकता प्रदान गर्न सिफारिस गरिएको छ ।

यस्तै, ४२ जनाको मिर्गौला परीक्षण, ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण, ४९ वटा कुकुरलाई रेबिज भ्याक्सिन, सात जना कृषकको माटो परीक्षण तथा दुई सय ३३ जना कृषकलाई पशुचौपायाका लागि आवश्यक पर्ने औषधि वितरण गरिएको हो ।

अब  नागरिकलाई स्थानीय सरकारको महसुस गराउनेगरी नगरपालिकाका १५ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने जनाइएको छ । खार्मीमा आयोजना गरिएको एकीकृत घुम्ती शिविरको अवधि थोरै भएकाले सबैले सेवा लिन नपाएकाले सबै वडामा शिविर सञ्चालन हुन लागेको हो ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ८ : ३५ बजे

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०