ब्राजिललाई निलम्बन गर्ने फिफाको चेतावनी « Khabarhub

ब्राजिललाई निलम्बन गर्ने फिफाको चेतावनी


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व फुटबलको उच्च निकाय फिफाले ब्राजिल फुटबल सङ्घलाई निलम्बन गर्ने चेतावनी दिएको छ ।

फिफाले ब्राजिलियन फुटबल कन्फेडेरेसन सीबीएफलाई पत्र लेख्दै एडनाल्डो रोड्रिग्वेजलाई अध्यक्षबाट हटाउन चुनाव गराउने हतार गरेमा निलम्बन गर्ने चेतावनी दिएको हो ।

पछिल्लो समय ब्राजिलको अदालतको हस्तक्षेपका कारण त्यहाँको फुटबल संघ भद्रगोल अवस्थामा पुगेको छ ।

फिफाले ब्राजिली फुटबल संघको जनवरीमा हुने भनिएको निर्वाचनलाई लिएर राष्ट्रिय टिम र क्लबलाई अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन निलम्बन गर्न सक्ने चेतावनी दिएको हो ।

यदि जनवरीसम्म पुरानै अवस्थामा नफर्किए राष्ट्रिय टोली र क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नगराउने जनाइएको छ ।

रियो दी जेनेरियोको एक अदालतले फुटबल संघको चुनावमा अनियमितताको कारण देखाउँदै रोड्रिग्ससहित सङ्घमा उनीद्वारा नियुक्त सबैलाई डिसेम्बर ७ मा पदबाट हटाएको थियो ।

 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १० : २५ बजे

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई