मार्क्सवाद परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन : प्रधानमन्त्री « Khabarhub

मार्क्सवाद परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन : प्रधानमन्त्री


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताएका छन् ।

१३१औँ  ‘माओ दिवस’का सन्दर्भमा पार्टी केन्द्रीय कार्यालय पेरिडाँडामा आज आयोजित कार्यक्रममा बोल्दै उनले आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताए । उनले विकसित परिस्थितिको जगमा विचारको विकास गर्नुपर्ने आवश्यकता समेत औँल्याए ।

उनले भने, ‘आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति माओको जीवनकालको जस्तो छैन। माओपछि विश्व परिस्थितिमा निकै ठूलो फेरबदल आएको छ। सबैभन्दा ठूलो परिवर्तन आईटी क्षेत्रमा आएको छ। साम्राज्यवादले नयाँ नयाँ रणनीति र कार्यनीतिसहित आफूलाई टिकाइरहेको छ। हामी मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई जसरी रूपान्तरण गर्नुपर्थ्यो, त्यो गर्न सकिरहेका छैनौँ। आजको मुख्य चुनौती यही हो ।’

उनले माओको स्मरण गर्नुको अर्थ विचार र क्रान्तिलाई मौलिक ढङ्गले सोच्नु रहेको उल्लेख गर्दै मार्क्सवादी यान्त्रिकता वा अन्धानुकरणमा जानु उपयुक्त नहुने विचार व्यक्त गरे । माओवादीको आठौँ महाधिवेशनले संश्लेषण गरेको कार्यदिशा पनि यही नै रहेको उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनेमा जोड दिए । उनले भने, ‘हामी सामाजिक न्याय, सुशासन र समृद्धिलाई उच्च प्राथमिकता दिएका छौँ, यसको अर्थ समाजवादको आधार तयार पार्नु हो । त्यसकै आधारमा हामी अगाडि बढ्छौँ।’

पार्टीले चार महिनाका लागि सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान समापनलगत्तै अर्को अभियानको सुरुवात गरिने उनले बताए । अध्यक्ष प्रचण्डले पुस १६ गते चार महिने अभियान समापन भएपछि विचारको छलफल र अन्तरक्रियामा जनतामा नै जाने उल्लेख गरे ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ११ : ४२ बजे

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री