जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी  « Khabarhub

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी 


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । 

पार्टी कार्यालय बालकुमारीमा बैठक सुरु भएको सो पार्टीको केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गर्न बैठक सुरु भएको हो । 

यसैगरी आजको बैठकमा यही पुस २५ गतेदेखि काठमाडौँमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यको जिम्मेवारी बाँडफाँडलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

जसपाले आफ्ना सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गर्न पार्टीको कार्यकारिणी सदस्य एवं संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदल गठन गरेको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १ : ४७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस