काठमाडौँ– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनको सौराहामा १७औँ संस्करणको ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आजदेखि सुरु भएको छ ।
आजदेखि सुरु भएको हात्ती महोत्सव १४ गतेसम्म सञ्चालन हुनेछ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा १७औँ संस्करणको महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, सांस्कृतिक झाँकीलगायतका कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
यस महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमै चितवनसहित मुलुककै पर्यटन प्रवर्द्धन हुने आयोजकको विश्वास छ । विगत केही वर्षदेखि कोभिड-१९ का कारण रोकिएको हात्ती महोत्सव रोकिएका थियो ।
प्रतिक्रिया