पर्यटन प्रवर्द्धन अभियानमा बाँके राष्ट्रिय निकुञ्ज « Khabarhub

पर्यटन प्रवर्द्धन अभियानमा बाँके राष्ट्रिय निकुञ्ज


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

जानकी– देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज १२औँ वर्षमा प्रवेश गरेसँगै पर्यटन प्रवर्द्धन अभियानमा जुटेको छ । सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जका रूपमा स्थापित उक्त निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्ने रणनीतिका साथ काम थालिएको छ । 

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहका अनुसार यस वर्षभरी नयाँ मार्ग निर्माण गर्ने र निकुञ्ज परिसरलाई सजाउने योजना छ । उनले भने, ‘हाम्रो उद्देश्य निकुञ्जमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउने  छ । यसका लागि निकुञ्जमा नयाँ मार्ग निर्माण गर्दै छौँ ।’ पर्यटन प्रवर्द्धनका लागि विस्तृत योजना बनाउँदै गरेको उल्लेख गर्दै वरिष्ठ संरक्षण अधिकृत शाहले त्यसलाई चाँडै कार्यान्वयनमा ल्याइने बताएका छन् । 

बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आयोजना तथा निकुञ्जको सहकार्यमा सोमबार बर्दिया र बाँकेका पर्यटकसँगै पर्यटन व्यवसायीलाई जंगल सफारी गराइएको थियो । नाट्टाका संयोजक श्रीराम सिग्देलले सम्भावना र पूर्वाधार हुँदाहुँदै पनि यसको प्रचारप्रसार गर्न नसकिएको बताए ।

‘निकञ्जबारे तीनै तहका सरकारले चासो दिन आवश्यक छ । बाँकेमा निकुञ्जसँगै अन्य धेरै पर्यटकीयस्थल छन् । ती सबैको विकासका लागि ध्यान दिन जरुरी छ’,  उनले भने। 

निकुञ्ज पाँच सय ५० वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यसको तीन सय ४३ वर्ग किमी मध्यवर्ती क्षेत्रभित्र पर्छ । निकुञ्जभित्र पूर्व पश्चिम क्षेत्र ७२ किमी र कोहलपुर बबई रत्नराजमार्ग ३० किमीको रहेको छ । बाघको बासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले स्थापना गरिएको यो निकुञ्ज बर्दिया, दाङ र सल्यानसँग जोडिएको छ ।

निकुञ्जलाई सरकारले एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । यहाँ बाघ, हात्ती, चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायत जनावर पाइन्छन् । जैविक विविधताको दृष्टिले आठ पारिस्थितिकीय प्रणाली, एक सय २४ वनस्पति, ३४ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी पक्षी, ५८ प्रजातिका माछा, २४ प्रजातिका घस्रिने (सरिसृप) तथा छ प्रजातिका उभयचर प्राणी पाइन्छन् ।

सालक, हुँडार, जंगली हात्ती, पाटेबाघ, कालो गरुड, राजधनेश, अजिङ्गर, सुनगोहोरोलगायत संरक्षित वन्यजन्तु पनि निकुञ्जमा रहेका छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारीका साथै ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ मानिएका पक्षी अभिलेख गरिएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित सूचीमा रहेका सात स्तनधारी यस निकुञ्जमा पाइन्छन् ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ३ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै