‘विपिन जोशीलाई आउँदो युद्धविराममा छुटाउन सफल हुन्ने विश्वास छ’-परराष्ट्रमन्त्री साउद | Khabarhub Khabarhub

‘विपिन जोशीलाई आउँदो युद्धविराममा छुटाउन सफल हुन्ने विश्वास छ’-परराष्ट्रमन्त्री साउद

युक्रेनमा बन्दी बनाइकाका नेपालीको हकमा युक्रेन सरकारको सम्पर्कमा


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको नियन्त्रणमा रहेका विपिन जोशीलाई आउँदो युद्धविराममा छुटाउन सफल हुने विश्वास ब्यक्त गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सँग कुरा गर्दै मन्त्री साउदले इजरायलमा हमासको आक्रमणमा परी हालसम्म अज्ञात अवस्थामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिरहेको दाबी पनि गरे ।

इजरायलमा हमासद्वारा असोज १० गते भएको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ ।

‘विपिन जोशीको उद्धार र रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई म आफैँले भेटेर पहल गरिदिन आग्रह गरेको छु’ मन्त्री साउदले भने, ‘अहिलेसम्मको विवरणअनुसार विपिन जोशीको जीवन सुरक्षित नै छ। आउँदो युद्धविराममा हामी विपिन जोशीलाई छुटाउन सफल हुनेछौँ भन्ने मेरो दृढ विश्वास छ।’

यससँगै युक्रेनमा बन्दी बनाइकाका नेपालीको हकमा आफूहरू युक्रेन सरकारको सम्पर्कमा रहेको र युक्रेन हेर्ने नेपाली राजदूतले उद्धारका लागि संवाद गरिरहेको उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय रेडक्रसलाई युद्धबन्दी बनाइएका चार नेपालीलाई तत्काल रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरिएको र यसको परिणाम चाँडै आउला भन्ने विश्वास लिएको उनको भनाई छर

रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले नै भन्दै उनले यसबाहेक सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको बताए ।

‘उनीहरुका परिवार र साथीभाइले खबर गरेका छन् । यसका लागि नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर हाम्रा चासोहरु रुसी सरकारसम्म पु¥याउनका लागि स्पष्ट सन्देश दिएका छौँ । मस्कोस्थित नेपाली दूतावासलाई पनि राष्ट्रिय मानवअधिकार आयोगको चासोलाई समेत राखेर नेपाल सरकारको दृष्टिकोण सम्पे्रषण गरेका छौँ । यसमा हामी प्रयत्न गरिरहेका छौँ ।’ मन्त्री साउदले भने ।

रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)को प्रबन्ध गरेका छौँ । दक्षिण एसियाको भारत, बङ्गलादेश र श्रीलङ्का तथा खाडी क्षेत्रका छ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाएका छौँ । यसपछि पनि थप केही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाउने मन्त्री साउदको भनाई छ ।

करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशङ्का गरिएको उनले बताए ।

 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ४ : ०४ बजे

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई

 काठमाडौं– कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले

आजका समाचार : सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली स्पेनतिर र ट्रम्पलाई अमेरिकी सर्वोच्चको साथ

यस्तो छ सक्रिय राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा पूर्वराष्ट्रपति विद्यादेवी

पूर्वाधार विकास कार्यालयका ९६ प्रतिशत योजना सम्पन्न

दोलखा– चालु आर्थिक वर्ष सकिन लाग्दा पूर्वाधार विकास कार्यालय दोलखा

प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित

काठमाडौँ – आज बसेको प्रतिनिधिसभा बैठकबाट नेपाल नागरिकता (दोस्रो संशोधन)

प्रधानमन्त्री ओली स्पेन प्रस्थान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन्