पञ्जाबले सन् २०२३ मा १०० पाकिस्तानी ड्रोन खसाल्यो « Khabarhub

पञ्जाबले सन् २०२३ मा १०० पाकिस्तानी ड्रोन खसाल्यो


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पञ्जाब– सीमा सुरक्षा बलले यस वर्ष लागूऔषध, हतियार र गोलबारुद भारतीय भूमिमा तस्करी गर्न प्रयोग भएका १०० वटा पाकिस्तानी ड्रोनहरू खसालेको जनाएको छ ।

बीएसएफले भारतीय भूभागमा लागूऔषध र अन्य अवैध पदार्थको ढुवानीलाई रोक्नका लागि तीन-पक्षीय रणनीति’ बनाएको बताएको छ । सेनाहरूले ड्रोन मार्फत लागूऔषधको तस्करी गरिरहेका तस्करहरूलाई  पक्रेका छन् ।

हमा पोष्ट का अनुसार  सन् २०२३ मा, बीएसएफ पञ्जाबले भारतमा लागूऔषध तथा गोलालाबारुद तस्कर सहित एक सय वटा पाकिस्तानी ड्रोनहरू सफलतापूर्वक नष्ट गरेको छ । ड्रोन, लागूपदार्थ तथा हतियार लगायत, बीएसएफले तस्करहरूलाई पनि सफलतापूर्वक पक्राउ गरेको आफ्नो पोस्टमा उल्लेख गरेको छ । ‘बीएसएफले लागूऔषध आपूर्तिमा कटौती गर्न तथा लागूऔषध दुरुपयोग विरुद्ध सचेतना बढाई युवाहरूलाई सशक्त बनाउन तीन-पक्षीय रणनीति लागू गरेको छ ।

यसैबीच, बीएसएफले सोमबार अमृतसरमा ड्रोन मार्फत तस्करीको प्रयासलाई विफल पार्दै चार सय ३४ ग्राम हेरोइन बरामद गरेको जानकारी दिएको छ ।
अधिकारीहरूका अनुसार पाकिस्तानी ड्रोनले भारतीय हवाई क्षेत्रको उल्लंघन गरेपछि बीएसएफका जवानहरूले खोजी अभियान शुरु गरेका थिए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ४ : ४९ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको