प्रतिनिधिसभा निर्वाचनमा पराजित सिटौला र कोइराला कोशीबाट राष्ट्रियसभाका लागि सिफारिस « Khabarhub

प्रतिनिधिसभा निर्वाचनमा पराजित सिटौला र कोइराला कोशीबाट राष्ट्रियसभाका लागि सिफारिस


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकांक्षीको नाम सिफारिस गरेको छ ।

कांग्रेस कोशी प्रदेशको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीबाट आकांक्षीको नाम सिफारिस गरेको हो । निर्वाचनका लागि कांग्रेसले जिल्लाबाट आएका नामलाई क्रमैसँग राखेर केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको जनाएको छ ।

कांग्रेस केन्द्रीय समितिले यसअघि नै पुस १० गतेभित्र आकांक्षीको नाम पठाउन निर्देशन दिएको थियो । केन्द्रीय कार्य समितिले तीनजनाको नाम मागेकोमा प्रदेशबाट ६३ जनाको नाम सिफारिस भएको बुझिएको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट झापाका कृष्णप्रसाद सिटौला र महिलातर्फ मोरङकी सुजाता कोइरालाको नाम पहिलो नम्बरमा राखेर पठाइएको छ । कांग्रेस प्रदेशले डा. मीनेन्द्र रिजाल, गुरुराज घिमिरे, महेश आचार्य, उमेशजंग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डा. डिला संग्रौला र रुक्मिणी कोइरालासहितको नाम केन्द्रमा पठाएको बताइएको छ ।

सिटौला र कोइराला प्रतिनिधिसभा निर्वाचन २०७९ मा पराजित उम्मेदवार हुन् । सिटौला झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देन र सुजाता मोरङ ३ मा एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएका थिए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ४ : ५९ बजे

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश