ग्रामीण क्षेत्रका उत्पादन प्रशोधन गर्ने उद्योग प्राथमिकतामा छन् : मुख्यमन्त्री चौधरी « Khabarhub

ग्रामीण क्षेत्रका उत्पादन प्रशोधन गर्ने उद्योग प्राथमिकतामा छन् : मुख्यमन्त्री चौधरी


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले ग्रामीण क्षेत्रका उत्पादनलाई प्रशोधन गर्ने उद्योग क्षेत्रको लगानीलाई प्राथमिकतामा राखेको बताएका छन् ।

बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको ११ औं वार्षिकोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले ग्रामीण क्षेत्रका उत्पादनलाई प्रशोधन गर्ने उद्योग क्षेत्रको लगानीलाई प्राथमिकतामा राखेको बताएका हुन्  ।

उनले विदेशबाट बर्सेनि अर्बौँ रुपैयाँको मदिरा आयात हुने गरेको भन्दै आयात प्रतिस्थापन गर्न घरेलु मदिरालाई उद्योगबाट उत्पादन गरी गुणस्तरीय र ब्राण्डेड बनाउनुपर्ने बताए । घरेलु मदिरा उत्पादनलाई उद्योगमा रूपान्तरण गर्न सकेमा गाउँघरमा हजारौँ युवाहरूलाई रोजगारी सिर्जना हुने र मानव स्वास्थ्यको जोखिम पनि कम हुने बताए ।

मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले औद्योगिक वातावरण बनाउन र नीतिगत सुधार गर्न तयार रहेको बताए । उद्योगहरू शहर केन्द्रित भन्दा गाउँ केन्द्रित गर्न सुझाव दिँदै उनले गाउँमा उद्योग स्थापना भए खाडी मुलुक जाने युवा जनशक्तिलाई रोक्न सकिने बताए।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ५ : ३२ बजे

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि