ग्रामीण क्षेत्रका उत्पादन प्रशोधन गर्ने उद्योग प्राथमिकतामा छन् : मुख्यमन्त्री चौधरी | Khabarhub Khabarhub

ग्रामीण क्षेत्रका उत्पादन प्रशोधन गर्ने उद्योग प्राथमिकतामा छन् : मुख्यमन्त्री चौधरी


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले ग्रामीण क्षेत्रका उत्पादनलाई प्रशोधन गर्ने उद्योग क्षेत्रको लगानीलाई प्राथमिकतामा राखेको बताएका छन् ।

बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको ११ औं वार्षिकोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले ग्रामीण क्षेत्रका उत्पादनलाई प्रशोधन गर्ने उद्योग क्षेत्रको लगानीलाई प्राथमिकतामा राखेको बताएका हुन्  ।

उनले विदेशबाट बर्सेनि अर्बौँ रुपैयाँको मदिरा आयात हुने गरेको भन्दै आयात प्रतिस्थापन गर्न घरेलु मदिरालाई उद्योगबाट उत्पादन गरी गुणस्तरीय र ब्राण्डेड बनाउनुपर्ने बताए । घरेलु मदिरा उत्पादनलाई उद्योगमा रूपान्तरण गर्न सकेमा गाउँघरमा हजारौँ युवाहरूलाई रोजगारी सिर्जना हुने र मानव स्वास्थ्यको जोखिम पनि कम हुने बताए ।

मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले औद्योगिक वातावरण बनाउन र नीतिगत सुधार गर्न तयार रहेको बताए । उद्योगहरू शहर केन्द्रित भन्दा गाउँ केन्द्रित गर्न सुझाव दिँदै उनले गाउँमा उद्योग स्थापना भए खाडी मुलुक जाने युवा जनशक्तिलाई रोक्न सकिने बताए।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ५ : ३२ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ