रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमण, १ जनाको मृत्यु | Khabarhub Khabarhub

रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमण, १ जनाको मृत्यु


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

मस्को– रुस नियन्त्रित क्रिमियाली बन्दरगाह शहर फियोडोसियामा मंगलबार भएको युक्रेनी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको सो क्षेत्रका गभर्नरले जानकारी दिएका छन् । 

दुर्भाग्यवश, फिओडोसियामा शत्रुको आक्रमणमा परी एक जना व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् सर्गेइ अक्स्योनोभले टेलिग्राममा उल्लेख गरेका छन्  । आक्रमणबाट छवटा भवनहरू क्षतिग्रस्त भएको र त्यहाँका बासिन्दाहरूलाई अन्यत्र सारिएको जनाइएको छ ।

युक्रेनको वायुसेनाले मंगलबार मस्कोको कीभ विरुद्धको युद्धमा ड्रोन बोकेको आशंकामा फिओडोसिया नजिकै रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ। अक्स्योनोभले जनाए अनुसार बन्दरगाह क्षेत्र घेराबन्दी गरिएको छ।

युक्रेनले बारम्बार क्रिमियामा विशेषगरी रुसी सेनालाई लक्षित गरी हमला गरिरहेको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ६ : ३५ बजे

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

काठमाडौं– असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन

काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै