संस्कृति ऐन बनाउन काम गरिरहेका छौँ : मन्त्री किराँती « Khabarhub

संस्कृति ऐन बनाउन काम गरिरहेका छौँ : मन्त्री किराँती


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय संस्कृति ऐन बनाउन अध्ययनन कार्यदल बनाएर काम गरिरहेको बताएका छन् । 

सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा मंगलबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रिय संस्कृति ऐन बनाउन अध्ययनन कार्यदल बनाएर काम गरिरहेको भन्दै पर्यटन ऐन २०३५ संशोधनको काम अन्तिम चरणमा रहेको जानकारी दिए ।

 उनले आफू मन्त्री भइसकेपछि करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेको भन्दै देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी समेत गरे । मन्त्री किरातीले आफू मन्त्री भइसकेपछि एक महिनामा इ टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रहरूमा उडाउन तीन वटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको बताएका छन् ।

उनले १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै ६ वटा जहाज हुने बताए । उनले हवाई उडान हुन नसकेको २२ वटा खाली एयरपोर्टहरुमा सहज ढंगले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको भन्दै ८ वटा भन्दा बढी विमानस्थलमा रात्रिकालीन सेवा सुरु गरेको र ४१ मुलुकमा हवाई सम्झौता गरेको उल्लेख गरे । 

मन्त्री किराँतीले पशुपति क्षेत्रमा अहिले निःशुल्क शव दहन गर्नेगरी विद्युतीय मेसिन जडान कार्य अन्तिम चरणमा पुर्‍याएको बताए ।  उनले लुम्बिनी क्षेत्रको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न अन्तिम बिन्दुमा पुग्न आफू सफल भएको पनि बताए ।

यस्तै मन्त्री किरातीले क्रिसमस फेस्टिभलका अवसरमा आफूले संविधान अनुसार नै बोलेको समेत स्पष्ट पारे ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ६ : ४८ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा