द नेक्स्ट वेभ : यामाहाले ल्यायो रे जेड आर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड « Khabarhub

द नेक्स्ट वेभ : यामाहाले ल्यायो रे जेड आर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले बहुप्रतीक्षित रे जेडआर १२५ एफआई स्ट्रिट ली हाइब्रिडको अनावरण गरेको छ।

कम्पनीका अनुसार मनमोहक ‘मेट कपर’ र ‘स्पार्कल ग्रीन’ रङ्गहरूमा उपलब्ध रे जेड आर स्ट्रिट र्‍याली १२५ एफआई हाइब्रिड ‘मोटरसाइकल–स्कूटर इभोलुसन’ को अवधारणासँग मेल खान्छ। यसको बडीमा थपिएको स्टाइलिश मेटल प्लेट, ब्रश गार्ड र फराकिलो ब्लक प्याटर्न टायरले यसलाई अझै भव्य बनाउँछ।

रे जेड आर १२५ स्ट्रिट र्‍याली एफआई हाइब्रिड बलियो एयर कूल्ड, फ्युल इन्जेक्टेड (एफाई) १२५ सीसी ब्लू कोर इन्जिनद्वारा संचालित भएकाेले यसले दक्षता र रोमान्चक सवारीको लागि नयाँ मानक स्थापना गर्ने विज्ञप्तिमा उल्लेख गरीएकाे छ ।

यसको ग्राउन्डब्रेकिङ ‘स्वचालित स्टप र स्टार्ट प्रणाली’ ले अरूभन्दा फरक बनाउँछ, यसले इन्धनको उत्सर्जन घटाउँछ र त्यसको दक्षतालाई बढाउँछ। एकल थ्रोटल ट्विस्टको साथ निर्बाध रूपमा रि स्टार्ट गर्दै यो प्रणालीले सवारी वातावरणको मूल्याङ्कन गर्न उन्नत सेन्सरहरू प्रयोग गरी राइडरलाई प्रदूषणरहित र प्रभावकारी यात्रा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसमा ‘स्मार्ट मोटर जेनेरेटर’ (एसएमजी) पनि थपिएको छ जसले पारम्परिक इलेक्ट्रिक स्टार्टर बिना नै शान्त तरिकाले इन्जिन सुरु गर्न सक्छ । एक स्कुटर मात्र नभएर रे जेड आर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड यामाहाको पर्फर्मेन्समा कुनै सम्झौता नगरी दिगोपनप्रतिको अटल प्रतिबद्धताको प्रमाण हो ।

यसमा उत्कृष्ट एलईडी हेडलाइट, प्रभावशाली एलईडी पोजिसन लाइटहरू र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छन् । स्पोर्टी डिजाइनमा समावेश ब्रश गार्ड जसले राइडरलाई वायुप्रवाहबाट सुरक्षित राख्दै एथलेटिसिज्मको स्पर्श समेत थप्छ।

कडा मेटल प्लेट र फराकिलो ब्लक ढाँचाका टायरहरूद्वारा परिष्कृत यसको हल्का वजनले असाधारण पिकअप, उत्कृष्ट ह्यान्डलिङ र सुधारिएको माइलेज सुनिश्चित गर्दछ। स्कूटरमा त्रुटिरहित सवारी नियन्त्रण, सुरक्षा र आरामको लागि टेलिस्कोपिक सस्पेन्सन र युबिएसजडित फ्रन्ट डिस्क ब्रेक पनि छ।

२१ लिटर क्षमताको अण्डर सीट स्पेस, मल्टी फंक्सन स्विच, दुईस्तरको सिट र पास स्विचको साथमा यसले स्टायल, आराम र कार्यक्षमताका लागि डिजाइन गरिएको पूर्ण सवारीको प्याकेज प्रदान गर्दछ।

एमएडब्लू टू ह्वीलर्स डिभिजनका अधिकारीहरूका अनुसार रे जेड आर स्ट्रिट र्‍याली १२५ एफआई हाइब्रिड नविनता र दिगोपनप्रति यामाहाको प्रतिबद्धताको प्रमाण हो । यो बहुप्रतिक्षित स्कुटर नेपालमा ल्याउन पाउँदा हामी अत्यन्त हर्षित छौं। यसले राइडरहरूलाई यातायातको माध्यम मात्र नभई शक्ति, शैली र सुरक्षाको संयोजन प्रदान गर्दै हाम्रा मूल्यवान ग्राहकहरूलाई अत्याधुनिक उत्पादनहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ प्रष्ट्याउँछ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : १८ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ