काठमाडौंमाथि शानदार जित निकाल्दै ललितपुर एनएसएलको क्वालिफायरमा « Khabarhub

काठमाडौंमाथि शानदार जित निकाल्दै ललितपुर एनएसएलको क्वालिफायरमा


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साबिक विजेता काठमाडौं रेजर्सलाई ३–० ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग (एनएसएल)को क्वालिफायरमा पुगेको छ ।

आज दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जिताउन इमोह इजेकेलले २ तथा पापा इबोउले १ गोल गरे । ३-० ले पछि परेको काठमाडौंका कप्तान अन्जन राई दोहोरो पहेँलो कार्ड खाँदै ७४ औं मिनेटमा बाहिरएपछि काठमाडौं दबाबमा परेको थियो ।

ललितपुरले एनएसएलमा चौथो खेलमा आएर काठमाडौंविरुद्ध गोल गर्दै खेल जितेको हो । फाइनल प्रवेशका लागि क्वालिफायरमा अब ललितपुरले पोखरा थन्डर्ससँग बिहीबार खेल्नेछ ।

लिग चरणमा शीर्ष स्थानमा रहेको पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग हिजो टाइब्रेकरमा पराजित भएको थियो । दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि शनिवार धनगढी एफसीसँग खेल्नेछ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : ३९ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति