काठमाडौंमाथि शानदार जित निकाल्दै ललितपुर एनएसएलको क्वालिफायरमा « Khabarhub

काठमाडौंमाथि शानदार जित निकाल्दै ललितपुर एनएसएलको क्वालिफायरमा


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साबिक विजेता काठमाडौं रेजर्सलाई ३–० ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग (एनएसएल)को क्वालिफायरमा पुगेको छ ।

आज दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जिताउन इमोह इजेकेलले २ तथा पापा इबोउले १ गोल गरे । ३-० ले पछि परेको काठमाडौंका कप्तान अन्जन राई दोहोरो पहेँलो कार्ड खाँदै ७४ औं मिनेटमा बाहिरएपछि काठमाडौं दबाबमा परेको थियो ।

ललितपुरले एनएसएलमा चौथो खेलमा आएर काठमाडौंविरुद्ध गोल गर्दै खेल जितेको हो । फाइनल प्रवेशका लागि क्वालिफायरमा अब ललितपुरले पोखरा थन्डर्ससँग बिहीबार खेल्नेछ ।

लिग चरणमा शीर्ष स्थानमा रहेको पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग हिजो टाइब्रेकरमा पराजित भएको थियो । दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि शनिवार धनगढी एफसीसँग खेल्नेछ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : ३९ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट