भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले पायो लेइफ एरिक्सन चन्द्र पुरस्कार « Khabarhub

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले पायो लेइफ एरिक्सन चन्द्र पुरस्कार


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

रेक्याभिक- भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोले यस वर्ष लेइफ एरिक्सन चन्द्र पुरस्कार प्राप्त गरेको छ ।

आइसल्याण्डको राजधानी रेक्याभिकमा रहेको हुसाभिक संग्रहालयले यस पुरस्कार प्रदान गर्दै आएको छ । भारतीय चन्द्र अभियान चन्द्रयान ३ को सफलताका लागि इसरोले यस पुरस्कार पाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

चन्द्रयान ३ मार्फत् चन्द्र अभियानमा इसरोको लगाव र आकाशीय पिण्डको वैज्ञानिक खोजका लागि इसरोलाई यस पुरस्कार प्रदान गरिएको हो । इसरोका तर्फबाट आइसल्याण्डका लागि भारतीय राजदूत बालासुब्रमण्ह्यम श्याले यस पुरस्कार ग्रहण गरेका थिए ।

यस वर्षको अगस्ट २३ का दिन भारतीय चन्द्र अभियान चन्द्रयान ३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरी ऐतिहासिक कोशेढुङ्गा पार गरेको थियो । यससँगै अमेरिका, चीन र रुसपछि भारत चन्द्रमामा सफलतापूर्वक यान अवतरण गर्ने चौथो मुलुक बन्न सफल भएको थियो ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ८ : ३१ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा