एमाले र रास्वपाको टिप्पणी : प्रधानमन्त्रीको सम्बोधन समयको बर्बादी « Khabarhub

एमाले र रास्वपाको टिप्पणी : प्रधानमन्त्रीको सम्बोधन समयको बर्बादी


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार अपराह्न करिब पौने घण्टा राष्ट्रका नाममा सम्बोधन गरे । उनले गरेको एकवर्षे समीक्षालाई विपक्षी दलका नेताहरुले भने समयको बर्बादी भनेका छन् ।

प्रधानमन्त्रीले गरेको सम्बोधनमा अत्मप्रशंसा मात्रै पाइएको एमाले नेताको प्रतिक्रिया छ । त्यस्तै, रास्वपा नेताको प्रतिक्रिया छ– प्रधानमन्त्रीले नीति कार्यक्रम ल्याएजसरी भाषण गरे ।

दाहाल सरकारको एक वर्ष देशको कालो दिनका रूपमा रहेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले खबरहबलाई बताए । यस अवधिमा सरकारले नागरिकमा आशा जगाउने कुनै काम नगरेको उनले बताए ।

ताजा जनादेश बोकेर आएको सरकारको कामबाट जनतामा निराशा आउनु दुःखद भएको बर्तौला बताउँछन् । उनी भन्छन्, ‘निराशाको वर्षले हाम्रो देश १० वर्ष पछाडि धकेलिएको छ, कुनै पनि कोणबाट सकारात्मक देख्न सकिँदैन ।’

प्रधानमन्त्रीले जे कुरा भन्न खोजेको हो, त्यसलाई प्रमाणित गर्ने तथ्य र तथ्याङ्क नभएको बर्तौला बताउँछन् । विदेशी, लगानी कति भित्रियो, देश छाडेर जाने युवाको संख्या घट्यो कि बढ्यो, यसको तथ्याङ्क नै प्रधानमन्त्रीसँग नभएको उनी बताउँछन् ।

बर्तौला भन्छन्, ‘विदेशिने र आउनेको संख्या कति हो ? सडकमा किसानको समस्या कस्तो छ ? खुला सिमानाको समस्या कहाँ छ ? यो सबै प्रष्ट छ । प्रधानमन्त्रीले अनावश्यक आत्मरति गरेर समय बर्बाद पार्नुको सट्टा मैले केही काम गर्न सकिनँ, असक्षम भएँ भन्नुपर्ने थियो ।’

बर्तौलाले थपे, ‘देशको अर्थतन्त्र धराशायी छ । चालु खर्च थेग्नका लागि पनि समस्या छ । यो मेरा कारणले भएको हो भनेर प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ ।’

त्यस्तै, रास्वपा उपसभापति डोलप्रसाद अर्यालले पनि सरकारको एकवर्षको काम र प्रधानमन्त्रीको सम्बोधनप्रति असन्तुष्टि जनाए । प्रधानमन्त्रीले तेस्रो पटक नीति तथा कार्यक्रम ल्याए जसरी भाषण गरेको उनले बताए ।

सरकारको सबै काम तथ्यांकमा आउनुपर्ने रास्वपा नेता अर्याल बताउँछन् । अर्यालले खबरहबसँग भने, ‘अलि धेरै यो गर्नेछौँ, त्यो गर्नेछौँ भनेको देखियो । जनताले बुझ्ने गरी तथ्यांकमा एक वर्षभित्र हामीले यो–यो काम गर्‍यौं भन्नेखालको सम्बोधन हुनुपर्ने थियो ।’

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ८ : ४७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल