दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटमा भारतको खराब ब्याटिङ « Khabarhub

दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटमा भारतको खराब ब्याटिङ


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले पहिलो टेस्ट खेलमा घरेलु टोली दक्षिण अफ्रिकासँग खराब प्रर्दशन गरेको छ । दक्षिण अफ्रिकाको सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत पहिलो दिन ५९ ओभरमा ८ विकेट गुमाउँदै २ सय ८ रन मात्र बनायो ।

वर्षाको कारण पहिलो दिन दोस्रो सेसन भने हुन सकेन । भारतका लोकेश राहुल १ सय ५ बलमा १० चौका र २ छक्कासहित ७० रनमा नट आउट छन् । उनलाई मोहम्मद शिराजले साथ दिनेछन् । भारतका विराट कोहली ६४ बलमा ५ चौकासहित ३८ र श्रेयस ऐर ३१ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका दुई तीव्र गतिका बलर कागिसो रबाडा र नान्द्रे बर्गरले भारतको शीर्ष र मध्यक्रम ब्याटिङ ध्वस्त पारे । ओपनर यशस्वी जैसवाल १७, कप्तान रोहित शर्मा ५, शुभमन गिल २ र शार्दुल ठाकुर २४ रनमा आउट भए ।

कागिसो रबाडाले १७ ओभरमा ४४ रन खर्चेर ५ विकेट लिएका छन । बर्गरले दुई र मार्को यानसनले एक विकेट लिएका छन् । भारत र दक्षिण अफ्रिकाबीच दुई टेस्ट खेलको सिरिज हुनेछ । दोस्रो टेस्ट ३ जनवरी देखी सुरु हुनेछ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ९ : ५८ बजे

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका