पाकिस्तानी सेनाविरुद्ध बीएलएको आक्रमण « Khabarhub

पाकिस्तानी सेनाविरुद्ध बीएलएको आक्रमण


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको बलोचिस्तानमा सक्रिय लडाकु समूह बलोच लिबरेसन आर्मी (बीएलए) ले त्यहाँको सेनालाई लक्षित गरी दुई छुट्टाछुट्टै आक्रमण गरेको छ । बीएलएले पाकिस्तानको तुर्बत र ग्वदार क्षेत्रमा पाकिस्तानी सेनालाई लक्षित गरी दुई भएका आक्रमणको जिम्मेवारी लिएको हो ।

तुर्बतस्थित पाकिस्तानी सैनिक भेला हुने स्थानमा बीएलएले गराएको आक्रमणमा ४ जना सैनिक घाइते भएको न्युज इन्टरभेन्सनले जनाएको छ ।

त्यस्तै, ग्वदारमा पाकिस्तानी गुप्तचर सेवाका जासुसलाई लक्षित गरी आक्रमण गराएको जनाइएको छ । पाकिस्तानी सेनाले बलोचिस्तानमा जबरजस्ती कब्जा जमाएको बदलामा आक्रमण गरेको बीएलएका प्रवक्ता जीयान्द बलोचले जनाएका छन् ।

पाकिस्तानमा लामो समयदेखि बलोचहरुले स्वतन्त्र एवम् सार्वभौम बलेचिस्तानको माग राख्दै सशस्त्र आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १० : ०० बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार