७ वर्ष पछि छविलालको कृत्रिम खुट्टा प्रत्यारोपण  « Khabarhub

७ वर्ष पछि छविलालको कृत्रिम खुट्टा प्रत्यारोपण 



दोहा – कतारमा सवारी दुर्घटनामा परेका सल्यान कपुरकोट गाउँपालिकाका छविलाल बुढाको कृत्रिम खुट्टा प्रत्यारोपण गरिएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको समन्वयमा कतारको परोपकारी संस्था कतार रेडक्रिसेंटले कृत्रिम खुट्टा जोड्नका लागि आवश्यक रकम सहयोग गरेको हो।

राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार एनआरएनएको सहयोगमा हमद हस्पिटलमा बिहीबार कृत्रिम खुट्टा जोडिएसँगै छविलाल सामान्य हिँडडुल गर्न सक्ने भएका छन्।

२०१७ नोभेम्बरमा भएको सवारी दुर्घटना परि खुट्टा गुमाएर हमद हस्पिटलमा उपचाररत उनलाई त्यतिबेला पनि एनआरएनएले कतार रेड क्रसियन्टमार्फत सुविधा सम्पन्न व्हिल चिअर प्रदान गरेको थियो।

विगत १३ वर्ष अघि कतार पुगेर आईटीसीसी कम्पनीमा काम गर्न थालेका उनी छुट्टीमा घर आउने जाने गरिरहेका थिए। दुर्घटनामा परेपछि उनी दुई वर्ष काम गर्न नसक्ने अवस्थामा बसे।

कृत्रिम खुट्टा लगाएपछि सन् २०२० मा कम्पनी स्टोरमा काम पाए। कम्पनीले बेसिक तलब ८ सय कतारी रियाल दिने भनेको थियो। त्यो पनि उनले नियमित पाएनन्। त्यसपछि सुरु भएको कोरोना महामारीको करण त्यो काम पनि छोड्नु पर्‍यो। फेरि उनले कम्पनीमा वाचमेनका रुपमा काम पाएका थिए।

पछिल्लो समय एनआरएनए कतारले समस्यामा परेका नेपालीलाई सहयोग गरिररहेको छ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : ०० बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ