नारी छामेर मात्र रोग पत्ता लाग्दैन | Khabarhub Khabarhub

नारी छामेर मात्र रोग पत्ता लाग्दैन

सिटी स्क्यान र अल्ट्रासाउन्ड अनिवार्य सिकाउनुपर्छ



नकारात्मक भन्दा पनि सकारात्मक पक्षबाट कुरा गरौं। म गत वर्ष अफ्रिका गएको थिएँ। त्यहाँ मेरो डेभलपमेन्ट वल्र्डमा स्वास्थ्य अवस्था कस्तो छ भन्ने प्रस्तुति थियो। मैले नेपालका सबै ठाउँमा बसेर त्यो प्रस्तुति बनाउँदै गर्दा मेरो विषयवस्तु (थिम) चाहिँ हाम्रो स्वास्थ्य अवस्था एकदमै नराम्रो छ भन्ने लाइनमा बनाइरखेको थिएँ। तर, मैले
अफ्रिकन हामी भन्दा धेरै ‘जीडीपी’ भएका देशका मानिसले गरेको प्रस्तुति सुनिसकेपछि मलाई त्यो भन्दा हामी धेरै अगाडि छौँ भन्ने अनुभव भयो। मैले मेरो प्रस्तुति परिवर्तन गरेँ र भनेँ, ‘तिमीहरूको भन्दा हाम्रो जीडीपी एकदमै कम छ। तर हामी तिमीहरू भन्दा तीन गुणा सस्तोमा र यहाँ भन्दा धेरै राम्रो उपचार गर्छौँ।’

पहिलाको जस्तो अहिले स्वास्थ्य अवस्था छैन। जुम्ला जस्तो अति दुर्गम ठाउँमा जटिल शल्यक्रिया हुन थालिसक्यो। अछामको बयालपाटा अस्पतालमा पुरै निःशुल्क उपचार हुन्थ्यो। त्यहाँ काठमाडौंको भन्दा राम्रो एक्सरे मेसिन, काठमाडौंको भन्दा राम्रो औषधि, काठमाडौंको भन्दा राम्रो सर्जरी, काठमाडौँको भन्दा निःशुल्क औषधि सबै राम्रो भएको थियो। अहिले बीचमा अलि गडबडी भएको छ।

हाम्रो तराई क्षेत्रमा भएका आँखा अस्पतालमा ९९ प्रतिशत बिरामीहरू भारतबाट आउँछन्। इन्डियाबाट मोतीबिन्दुको अप्रेसन गर्न बस चढेर काठमाडौं आएर तिलगंगा अस्पतालमा अप्रेशन गराएर पशुपतिको दर्शन गरेर फर्किदा जति खर्च लाग्छ त्यो भन्दा बढी खर्च भारतमा मोतीबिन्दुको अप्रेशन गर्न लाग्दो रहेछ। त्यसैले हेल्थ टुरिजम हामीले प्रवद्र्धन गराउन जरुरी छैन। हामीले त्यो चिज मेन्टेन गर्न सक्यौं भने अहिले त्यो भइरहेको छ। बाहिरबाट आँखाको लागि आउँछन् भने क्यान्सरको लागि पनि आउन सक्छन्।

नेपालमा एमबीबीएसमा विद्यार्थी धेरै भए। तर, त्यसलाई सञ्चालन गर्दा समस्या देखिएको छ। अमेरिकामा अभ्यासका लागि बिरामीलाई प्रयोग गरिँदैन। विद्यार्थीका लागि डमी खोई त ? मैले पहिलो पटक बिरामीलाई घोचेर दुःखाएँ। त्यहाँ बिरामीको केही दोष छैन। मेडिकल विद्यार्थी भनेर बिरामीलाई १० पटक घोचेर सिकाउने होइन ? त्यसका लागि डमीहरु चाहिन्छ। डमीमा अभ्यास गर्र्नुपर्छ।

६ वटा शैय्याको कुरा आयो। त्यो ६ वटा शैय्याले पुग्दैन। त्यो शैय्यामा कति बिरामी छन् ? अल्टासाण्ड कति छन् ? एमबीबीएसको विद्यार्थीलाई अल्ट्रासाउन्ड गर्न सिकाउने कि नसिकाउने त ? अब सिकाउनु पर्दछ। अब बिना सिटी स्क्यान, बिना अल्ट्रासाउन्ड नारी (नाडी) छामेर मात्र कसैले रोग पत्ता लाउन सक्दैन। त्यसैले एमबीबीएसको पाठ्यक्रमलाई प्रयोगात्मक रूपमा परिवर्तन गर्नुपर्छ।

मैले धरानमा पढेको हुँ। हामीले थोरै थोरै अल्ट्रासाउन्ड छुन पायौं। अहिले मेरो अन्डरमा काम गर्न आउने मेडिकल अफिसर साँच्चै नै विचरा नै छन्। उनीहरूले चलाएका नै छैनन्। मेडिकल शिक्षामा यस्ता चिज अब सुधार गर्नु पर्दछ। नर्सिङ कलेजबाट आएका नर्सहरू पनि विचरा नै छन्। किनभने नर्सिङ कलेजमा हामीले ध्यान नै दिएका छैनौँ। राम्रा र सक्षम सबै विदेश जान्छन्। किनकी बाहिर राम्रो तलब आउँछ। सरकारले जनताको स्वास्थ्यमा राम्रो होस् भन्ने हो भने नर्सलाई तलब राम्रो दिनु पर्दछ। किनभने डाक्टरले बिरामीलाई दिनमा बिहान एक मिनेट र बेलुका एक मिनेट मात्र हेर्ने हो। तर नर्सहरूले त दिनभरि बिरामी हेरेर पनि १५ देखि २० हजार भन्दा बढी तलब नै पाउँदैनन्।

आयुर्वेदको प्रचारले पनि मेडिकल क्षेत्रलाई बदनाम बनाएको छ। यस्ता कुरालाई सरकारले नियन्त्रण गर्नुपर्छ। तर हाम्रो सरकारले यस्ता गलत कुरा रोक लगाउन पाँच पैसा पनि काम गरेको छैन। कुनै आयुर्वेदिक डाक्टरबाट क्यान्सर निको हुँदैन। तर, हामीसँग भन्दा धेरै बिरामी आयुर्वेदमा पुगेका हुन्छन्। केही व्यक्तिले म सबै क्यान्सरको निको पार्छु भनेर टिभीमा भन्नुहुन्छ। विश्वास कसरी गर्ने ? म क्यान्सर डाक्टर क्यान्सरको बिरामी आएपछि तपाईंको ६ महिना किमो लगाउनुपर्छ, रेडिएसन गर्नुपर्छ, तीन चार लाख खर्च हुन्छ भन्छु। अर्को आयुर्वेदिक डाक्टर भन्नेले ६ हजारको बुटी खाऊ भन्छ। अब त्यो बिरामीले मलाई विश्वास गर्छ कि उसलाई ? अवश्य उसलाई गर्छ, त्यसैले यो कुरालाई सरकारले कन्ट्रोल गर्नुपर्छ।

अर्को सवाल महत्वपूर्ण छ। त्यो हो औषधि उत्पादन व्यापार हो कि होइन ? मलाई एउटा औषधिको ट्याबलेट बनाउन तीन सय रुपैयाँमा लाग्छ। तर अन्तर्राष्ट्रिय बजारमा त्यो औषधिको मूल्य तीन हजार पर्छ भने मैले २५ सयमा बिक्री गर्न पाउने कि नपाउने ? त्यो पाउनु हुँदैन। तीन सयमा औषधि बनेको छ भने पाँच सय भन्दा बढीमा बेच्न पाउँनु हुँदैन। हामीले औषधि उत्पादन गर्ने कम्पनीहरूलाई सशक्त बनाउनुपर्छ। हामीले लकडाउनमा र भारतले लगाएको नाकाबन्दीमा धेरै थाहा पाएका छौँ। त्यो बेला औषधि नपाएर क्यान्सरका बिरामी छटपटाएका थिए।

मेरो विचार फरक हुन सक्छ। मलाई गाउँगाउँमा अस्पताल र डाक्टर चाहिएला जस्तो लाग्दैन। तर गाउँगाउँमा स्वास्थ्य चौकीलाई रेफरल प्रणालीमा लानुपर्छ। अछामको एउटा पहाडको कुनाबाट नेपालगन्ज आउन पाँच सय किलोमिटर रहेछ। राम्रो राजमार्ग भयो भने तीनदेखि चार घण्टाको दूरीमा बिरामी नेपालगन्ज आइपुग्छ। नेपालगन्ज भन्दा माथिका सहरमा पुग्न त्यति समय लाग्दैन। त्यसैले हरेक गाविसमा एउटा हेल्थ पोस्ट, हरेक चार पाँच वटा गाविसमा एउटा सरकारी हेल्थ सेन्टर र जिल्लामा जिल्ला अस्पताल बनायौँ भने सम्बन्धित कुरा त्यही व्यवस्थापन हुन्छ। जस्तो कसैको उच्च रक्तचाप छ भने किन गङ्गालाल आउने ? त्यो त जिल्लामा भएका एमबीबीएस डाक्टरले हेर्न सकिहाल्छन् नि।

मेडिकल कलेजमा क्वालिटी बिग्रियो भन्ने सन्दर्भमा एमबीबीएसको विद्यार्थीलाई राम्रो छनोट गरिएन भने राम्रो डाक्टर निस्किँदैन। मेडिकल स्कुलमा घोटेर खुवाउने होइन। पढ्ने किताब त्यही नै हो। त्यसैले धेरै डाक्टर बनाउन ५० वटा मेडिकल कलेज खोल्नु भन्दा भएका मेडिकल कलेजलाई व्यवस्थापन गरौँ। गाउँ गाउँमा एमडी गरेको डाक्टर पठाउनु भन्दा एमबीबीएस गरेको डाक्टर हामीसँग धेरै छन्। यो जनशक्तिले पुग्छ जस्तो लाग्छ।

हाम्रोमा आर्मीको स्वास्थ्य सुविधा एकदमै राम्रो छ। म जुन क्यान्सर अस्पतालमा काम गर्छु त्यो अस्पतालको आर्मी अस्पतालसँग सहकार्य छ। त्यहाँ आर्मी र सेनाका अधिकारीको निःशुल्क उपचार हुन्छ। सैनिक परिवार बावुआमा र छोरा छोरीहरूको पनि एकदम थोरै शुल्कमा उपचार हुन्छ।

मेरो क्यान्सर अस्पताल भक्तपुरको कुनामा नालाको ताथलीमा छ। त्यहाँभन्दा यता नजिकै भक्तपुर क्यान्सर अस्पताल छ। हाम्रो अस्पतालमा क्यान्सर स्टेज २ मा पुगेको बिरामी पुगे २४ घण्टामा उपचार सुरु गर्छौ। तर भक्तपुरकै सरकारी क्यान्सर अस्पतालमा उपचारका लागि तीन महिना कुर्नुपर्छ। त्यहाँ अस्पतालका डाक्टरले कम उपचार गरेका होइनन्। बिहान ७ बजे त्यहाँको रेडिएसन मेसिन सुरु हुन्छ र राति १२ बजे बन्द गर्छन्। त्यसको बाबजुद पनि बिरामीलाई दुई तीन महिना कुराउनु पर्दछ। त्यहाँ एक लाखमा अप्रेसन हुन्छ हामीले दुई लाखमा गर्छौ। यो सैद्धान्तिक रूपमा गलत हो। तर कुनै व्यक्तिसँग एक लाख बढी खर्च गर्ने क्षमता भए तत्काल उपचार हुन्छ। त्यसो भए किन उपचार नगर्ने भन्ने सवाल उठ्छ। यसलाई पनि महत्त्वका साथ हेर्नुपर्छ जस्तो लाग्छ।

(खबरहबले आयोजना गरेको ‘चिकित्सा शिक्षाको चुनौती र नेपालको स्वास्थ्य प्रणाली’ विषयक कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा.आविश अधिकारीले राखेको धारणाको सम्पादित अंशः)

प्रस्तुतिः पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : ३५ बजे

बालाजुस्थित बाइसधारामा विशेष मेला

काठमाडौं– चैत शुक्ल पूर्णिमा दिन मंगलबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको

अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा– नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं- मलेसियाको सुपर वुमन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु

जनकपुर– धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु

काभ्रेको कुतालमा छ्योर्तेन निर्माण

धुलिखेल– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण