आजको मौसम : पहाडी भूभागमा आंशिक बदली | Khabarhub Khabarhub

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले आज देशको पहाडी भेगमा आंशिक बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ। प्रदेश १ मा भने राति पनि आंशिक बदली हुनेछ। भोलि शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली हुँदा राति प्रदेश १ , गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुनेछ।

पर्सि आइतबार दिउँसो सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बदली रहनेछ। राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका अधिकांश स्थानमा साँझ बिहान हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : ४४ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका