मानसिक समस्या भए आराम गर्ने समय धेरै दिनुपर्छ | Khabarhub Khabarhub

मानसिक समस्या भए आराम गर्ने समय धेरै दिनुपर्छ

अन्य रोग जस्तै मानसिक समस्या उपचारपछि ठिक हुन्छ


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मानसिक समस्या एकपछि अर्को गर्दै देखिन थालेका छन्। संसद् भवन अगाडि इलामका प्रेम आचार्यले गरेको आत्मदाहको विषयले यो विषयमा थप छलफल र बहस आवश्यक देखिएको छ। आर्थिक पाटोसँग जोडिएको विषयले मानसिक स्वास्थ्यमा धेरै असर पारेको देखिन्छ। किशोर र किशोरी बीचमा पनि मानसिक समस्या बढ्दै गएको छ। झापामा प्रेम विवाह अस्वीकार गर्दा दुई जना किशोर किशोरीको आत्महत्या गरे। सप्तरीमा ४५ वर्षीय रामदेव मरिकलले किस्ता तिर्न नसक्दा आत्महत्याको बाटो रोजे। कैलालीमा स्वास्थ्यकर्मीले आत्महत्या गरेको घटनासँगसँगै आएका छन्। यी घटनाको पछाडिको कारण के हुनसक्छ ? अहिलेको हाम्रो समाज मानसिक स्वास्थ्यसँग कसरी जुधिरहेको छ ? के कारणले गर्दा एउटा व्यक्ति मानसिक समस्या उत्पन्न हुन्छ ? यसको निराकरणको उपाय के हुनसक्छ ? राज्यको तर्फबाट के कस्तो भूमिका अपनाउन सकिन्छ ? यसमा आधारित रहेर मनोविद् डा. नरेन्द्र सिंह ठगुन्नासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

संसद् भवन अगाडि भएको आत्मदहको घटनालाई यहाँले कसरी हेर्नु भएको छ ?
आत्मदाह गर्ने निर्णयमा पुग्नु भन्दा पहिले सामाजिक सञ्जालमा लेखेका विषयलाई हेर्नुपर्ने हुन्छ। काममा असफलतालाई कारण बनाएको पाइयो। सबैको जीवनमा संघर्ष हुन्छ। सुरुदेखि नै कतै न कतै मानसिक स्वास्थ्यको जोखिन रहेको देखिन्छ। आफ्ना कुरामा मजाक लिएको भन्ने कुरा खुलाएका छन्। त्यसमा पनि उनले एकपछि अर्को काम गदै जाँदा असफल भएको देखिन्छ। धेरै कुरालाई नियाल्दा मानसिक जोखिम रहेको नै पाइन्छ। कायर र निडर भन्ने कुनै कुरा नै छैन। यो मानसिक स्थितिको कारण भएको हो। मानसिक स्वास्थ्य पनि मानिसको अभिन्न अंग हो भनेर हामी सबैले बुझ्नुपर्छ।

के कारणले मानसिक स्वास्थ्यमा विचलन आइपर्छ ?
मानसिक स्वास्थ्य विचलन हुनका लागि विभिन्न विषयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्। जस्तो बायोलोजिकल, साइकोलोजिकल र सामाजिक विषयलाई हेर्नुपर्छ। बायोलोजिकल भनेको वंशाणु गत पनि रहन सक्छ र शरीरका क्यामिकल तथा न्युरो क्यामिकलको गडबडले पनि हुन्छ। जसको मुख्य कारण बायोलोजिकल, साइकोलोजिकल र सामाजिक विषय नै हुन्।

त्यो बाटो गलत छ भन्ने थाहा हुँदाहुँदै एउटा व्यक्तिले किन आत्महत्या रोज्छ ?
कारण धेरै रहन सक्छन्। त्यो आफ्नो बाध्यता, परिस्थिति पनि हुनसक्छ। पहिलो कुरा त आत्महत्या प्रत्येक वर्ष करिब सात लाख तीन हजार व्यक्तिले विश्वभर गरेको तथ्यांकमा देखिन्छ। नेपालमा पनि पछिल्लो वर्षको तथ्याङ्कलाई हेर्दा करिब सात हजार १४६ जनाले आत्महत्या गरेका छन्। विश्वभर प्रत्येक दिन १५ देखि १८ जनाले आत्महत्या गरेको पाइन्छ। यस्ता घटना धेरै बाहिर सार्वजनिक हुँदैनन्। वास्तविक तथ्यांक प्राप्त गर्न कठिन हुन्छ। ९५ प्रतिशत मानसिक समस्याको कारण नै आत्महत्या भएको पाइन्छ। आत्महत्याको जोखिममा रहेको र आत्महत्या गर्ने व्यक्तिले म आत्महत्या गर्छु भन्ने इन्डिकेसन तथा सङ्केत पहिलेदेखि नै दिएको हुन्छ। विभिन्न प्रकारका संकेत हुन्छन्। त्यसलाई परिवारजनले ध्यान दिनुपर्छ। यो एउटा मात्र समस्या होइन। संसारका एक अर्ब मानिसमा मानसिक स्वास्थ्य समस्याको जोखिम रहेको छ।

मानसिक स्वास्थ्य समस्या र आत्महत्या एक अर्काको परिपूरक हुन् ?
जति व्यक्तिले आत्महत्या गरेका छन् जसमध्ये करिब ९० प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिएको छ। यो विश्व स्वास्थ्य संगठनले दिएको तथ्यांक हो। मानिसमा कडा खालको मानसिक अवस्था पनि रहेको हुनसक्छ। समाजमा मानसिक स्वास्थ्यको बारेमा खुलेर भन्ने वातावरण नबन्नुको कारण आत्महत्या बढेको मान्न सकिन्छ। यो भनेको सामाजिक कारण हो।

एक स्वास्थ्य व्यक्तिमा मानसिक स्वास्थ्यको असर कसरी थाहा पाउन सकिन्छ ?
कडा खालको मानसिक समस्या र सामान्य खालको मानसिक समस्या थाहा पाउन सकिन्छ । यो समस्यालाई गाउँले भाषामा बौलाहा, पागल भन्ने गरिन्छ। मेडिकल भाषामा सामान्य मानसिक स्वास्थ्य समस्यालाई डिप्रेसन, एनजाइटी भनिन्छ। यो समस्यालाई मनोपरामर्शको साथमा सजिलो गरी न्यूनीकरण गर्न सकिन्छ। यस्ता व्यक्तिको गतिविधिमा ध्यान दिएर बानी व्यवहारबाट थाहा पाउन सकिन्छ। कार्य स्थलमा पनि समस्या आउन सक्छ। यो समस्यालाई समयमा नै निवारण गर्नु हाम्रो हुन्छ। मनमा लागेका कुरा शेयर गरेमा धेरै समस्या समाधान हुनसक्छ।

प्रेम आचार्यको जस्तो घटना नहोस् भन्न के गर्न सकिन्छ ?
उद्योग र व्यवसायमा संलग्न व्यक्तिले फाइदा र घाटाको लेखाजोखा गर्नुपर्छ। तयारी गरेर मात्र पेशा छनोट गर्नुपर्छ। जीवनमा सकारात्मक सोचको विकास गर्न सकियो भने यस्ता घटना हुँदैनन्। आफूभन्दा माथि मात्र नहेरी आफूभन्दा तल पनि हेर्नुपर्छ। कुनै एउटा काममा असफल भए सकारात्मक ढंगले विकल्प रोज्नुपर्छ।

प्रेम आचार्यले लेखेको विषयलाई कसरी लिन सकिन्छ ?
कुनै व्यक्ति आत्महत्या गर्ने बाध्यतामा कसरी पुग्छ ? त्यो निर्णयमा पुग्नु रहर होइन। व्यक्तिगत समस्याबाट बाहिर आउन नसकेर त्यो घटना भएको हो। यो घटनाले राज्यको दायित्वलाईसमेत उठाएको छ। राज्यले नागरिकका समस्या सम्बोधन गर्न अग्रसर हुनुपर्छ भन्ने कुरा यो घटनाले सिकाएको छ।

मानसिक स्वास्थ्य समस्या अर्थसँग मात्र जोडिएको छ ?
एक त गरिबीको कारण नै हो। अर्थलाई इन्कार गर्न भन्ने मिल्दैन। एक तर्फीका रूपमा आर्थिक अवस्थाले मात्र असर हुन्छ भन्ने हुँदैन। कुनै घटना आर्थिक अवस्थाको कारण, कुनै घटना प्रेमको कारण भएको देखिन्छ। यसको यो कारण भन्न सक्ने अवस्था नै छैन। व्यक्तिको सोचमा फरक पर्छ। मानिसले सकारात्मक सोचको विकास गर्न नसक्दा यो समस्या सिर्जना हुन्छ।

आफैले आफैलाई मानसिक स्वास्थ्य तन्दुरुस्त राख्न तथा मानिस रुपमा सुधार गर्न के के परिवर्तन गर्नुपर्छ ?
समाजमा मानसिक स्वास्थ्यलाई हेर्ने दृष्टिकोण फरक छ। जसले गर्दा समस्या खुलेर कसैले पनि राख्न सक्दैनन्। यो दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ। मानसिक रुपमा म कमजोर छु भन्ने सोच जगाउन दिनु हुँदैन। समस्या नभएको व्यक्ति कोही पनि हुँदैन। मानसिक स्वास्थ्य समस्यालाईसमेत अन्य समस्या जस्तै उपचार गर्न सकिन्छ भनेर सबैले बुझ्नुपर्छ। कामलाई सकारात्मक ढंगले अगाडि बढाउन सक्नुपर्छ। मानसिक स्वास्थ्यको जोखिम भएका व्यक्तिलाई आराम दिनुपर्छ। अनिन्द्राको कारण पनि यो समस्या हुन्छ। १५ देखि ६४ वर्ष उमेरको व्यक्तिले ७ देखि ९ घण्टा सुत्नुपर्छ। १० देखि १४ वर्षका बालबालिकाहरू ९ देखि ११ घण्टा सुत्नुपर्छ। वृद्धाहरू भने ८ देखि ९ घण्टा सुत्नुपर्छ। पर्याप्त मात्रामा हाँस्नु स्वास्थ्यको लागि महत्वपूर्ण रहन्छ। अरूलाई सहयोग गर्नु पनि जरुरी रहेको छ। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता) प्रस्तुति :कुसुम गौतम

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १ : ०१ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा