बारामा एक लाख २१ हजार मेट्रिक टन आलु उत्पादन « Khabarhub

बारामा एक लाख २१ हजार मेट्रिक टन आलु उत्पादन


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

कलैया– बारामा यस वर्ष कृषकले विभिन्न जातको आलुखेती गरी कुल एक लाख २१ हजार ६२ दशमलव पाँच मेट्रिक टन आलु उत्पादन गरेका छन् । 

आलुखेतीका लागि मौसम अनुकूल भएको तथा शीतलहरबाट बचाउन कृषकले समय-समयमा औषधि छरेका कारण गत वर्षको तुलनामा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत रामअसिस ठाकुरले जानकारी दिए ।

यस वर्ष आलु उत्पादनमा शून्य दशमलव २५ प्रतिशतले वृद्धि भएको छ । कृषकले विभिन्न जातका आलु सात हजार चार सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर १६ दशमलव २५ मेट्रिक टनको दरले दुई अर्ब ४२ करोड १२ लाख ५० हजार मेट्रिक टन आलु उत्पादन भएको उनले जानकारी दिए ।

कलैया बजारमा अहिले आलु प्रतिकिलो २० देखि २५ मा बिक्री वितरण भइरहेको छ । गत वर्ष कृषकले विभिन्न जातका आलु सात हजार चार सय २० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनका दरले दुई अर्ब ३७ करोड ४४ लाख बराबरको आलु उत्पादन गरेका थिए । 

एक लाख १८ हजार सात सय २० मेट्रिक टन आलु उत्पादन भएको केन्द्रले जनाएको छ । 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १२ : ५२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल