केरा खेतीबाट वार्षिक २० लाखसम्म आम्दानी  « Khabarhub

केरा खेतीबाट वार्षिक २० लाखसम्म आम्दानी 


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार बर्ष भयो । विसं २०५२ मा सामान्यरूपमा केरा खेती गर्दै आएका उनले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप दिएपछि प्राप्त कमाइले कमाइ राम्रै हुँदै आएको बताए ।

हाल आठ बिघा जमिनमा केरा खेती गरिरहेका चौधरीले वार्षिक १६ लाखदेखि २० लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए। ‘राम्रो मूल्य पाए सबै खर्च कटाएर वार्षिक बीस लाखसम्म आम्दानी हुन्छ’, उनले भने, ‘केराबाट भएको कमाइले घर खर्च चलाउनेदेखि छोराछोरीलाई शिक्षामा लगानी गर्न पाउँदा म सन्तुष्ट छु ।’

एक कठ्ठा जमिनमा केरा खेती गरेका चौधरीले अहिले केराको बेर्नासमेत उत्पादन गर्ने नर्सरी सञ्चालन गरेका छन् । ‘चार-पाँच बर्षअघि नर्सरी बनाउँदा कृषि ज्ञान केन्द्रबाट दुई लाख र कृष्णपुर नगरपालिकाबाट एक लाख अनुदान मिलेको थियो ।’ उनले ‘त्यो बाहेक केरा खेतीका लागि अहिलेसम्म कहिकतैबाट सहयोग वा अनुदान पाइएको छैन् ।’ आठ बिघा जमिन लिजमा लिएबापत वार्षिक तीन लाख २० हजार भाडा तिर्दै आएका चौधरीले उत्पादित  केरा महेन्द्रनगर, धनगढी र अत्तरियाका थोक व्यापारीले खरिद गर्ने गरेको जानकारी दिए ।

समयमै मल र सिँचाइको व्यवस्था भए प्रतिबिघा जमिनमा वार्षिक सात-आठ लाखसम्मको केरा उत्पादन हुन्छ तर बजार मूल्यमा हुने उतारचढावका कारण किसानहरू समस्या पर्ने गरेको उनले बताए । ‘भारतीय केराको आयात रोकेर स्थानीय किसानलाई मात्रै सहज गराइदिए दुई वर्षमा केरा उत्पादक किसानको स्तर धेरै माथि आउँथ्यो ।’ उनले भने , ‘पछिल्लो समय केरा उत्पादनमा लागेका किसान केराको बीमा नहुँदा चिन्तामा छन् ।’

गत वर्ष केरा खेतीको बीमा भएपनि चालु आर्थिक वर्षमा बीमा कम्पनीले केराको बीमा गर्न आनाकानी गरिरहेको चौधरीको गुनासो थियो । ‘सामान्य हुरी आउँदा पनि केराका बोट ढल्छन्’, उनले भने, ‘बीमा नहुँदा जोखिम बढेको छ ।’ एसएलसीसम्मको अध्ययन गरेका चौधरीले केराबाट भएको आम्दानीबाट दुई छोरालाई स्तरीय शिक्षा दिन सकेकोप्रति खुसी व्यक्त गरे ।

‘केराकै कमाइले एउटा छोरा इन्जिनियरसम्म बन्यो’, उनले भने, ‘सामान्य किसानको छोराले माथिल्लो तहसम्म अध्ययन गराउन सक्नु मेरा लागि ठूलै कुरो हो ।’

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  २ : ०५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था