स्थानीय तहमा न्यायिक समिति निष्क्रिय हुँदा न्याय सम्पादनमा समस्या « Khabarhub

स्थानीय तहमा न्यायिक समिति निष्क्रिय हुँदा न्याय सम्पादनमा समस्या


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरी जिल्लाको स्थानीय तहमा न्यायिक समिति निष्क्रिय हुँदा न्याय सम्पादनमा समस्या भएको छ । जिल्लाको गाउँपालिका तथा नगरपालिकामा उपाध्यक्ष-उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति सक्रिय नहुँदा स्थानीयवासीले न्यायको अनुभूति गर्न नसकेको जलेश्वर नगरपालिका– २ का शिवचन्द्र चौधरीले गुनासो गरे ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको दोस्रो कार्यकालको नौ महिना बित्नलाग्दा पनि नागरिकले न्याय सम्पादन र विकास निर्माणका काममा सहजरुपमा सेवा नपाएको र  न्यायिक समितिले  पनि जिम्मेवारीपूर्वक काममा तदारुकता नदेखाउँदा समस्या भोग्नुपरेको मनरासिस्वा नगरपालिका– १ का रविन्द्र भगतले बताए । 

संविधानको धारा २१७ मा स्थानीय तहमा मुद्दा हेर्ने अधिकार गाउँ तथा नगरका उपाध्यक्ष-उपप्रमुखलाई तोकिए पनि सम्बद्ध पदाधिकारीले  प्रभावकारीरूपमा काम गर्न नसक्दा स्थानीय तहमा गठित न्यायिक समिति नाम मात्रको भएको पिपरा गाउँपालिका– ४ का भोगी कापरको भनाइ थियो ।

जिल्लाका १५ स्थानीय तहका न्यायिक समिति सक्रिय रहेको जिकिर गरिए पनि  सानातिना विवादमा पनि पीडितले न्याय खोज्न जाँदा न्यायिक समितिका पदाधिकारले पार्टीगत आधारमा निर्णय गर्ने गरेकाले पीडितहरूले त्यहाँ उजुरी नगर्ने गरेको जलेश्वर नगरपालिका– ८ का अगुवा मनोजकुमार साहले  आरोप लगाए भने  जलेश्वर नगरपालिका–२ का रमन चौधरीले पनि ‘सानातिना झगडा, घरेलु हिंसालगायतमा न्याय खोज्नुपर्ने बेला न्यायिक समितिका संयोजक नै नभेटिँदा समस्या हुने गरेको बताए । 

न्यायिक समितिका संयोजक र सदस्यलाई कानूनी क्षेत्राधिकार र कार्यविधिबारे अन्योल हुँदा थप समस्या भएको छ । समिति  निष्क्रिय भएपछि त्यस क्षेत्रमा विनियोजित बजेट खर्च पनि कागजी मिलान गरेर अनियमितता गर्दै आएको आरोप समेत लाग्दै आएको छ ।

 न्यायिक समितिले प्रभावकारीरूपमा कार्य सम्पादन गर्न नसक्दा  र सानातिना घरायसी विवादमा पनि प्रहरी नै लाग्नुपर्दा अन्य  आपराधिक क्रियाकलापको अनुसन्धानमा समेत असर परिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए । 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  २ : २७ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक