अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर « Khabarhub

अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भैरहवा– भन्सार हुँदै नियमित रुपमा आउने मालबस्तुमा अनिवार्य मार्जिन र आयतमै प्रतिबन्ध लगाउँदा भैरहवा भन्सार कार्यालयमा राजश्व संकलनमा असर परेको छ । जिप, कार र भ्यान लगायतका वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै राजश्व संकलनको मुख्य आधार रहेका ती बस्तुको आयात नहुँदा भन्सारको राजश्व लक्ष्यमा ठूलो गिरावट आएको हो । 

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले अघिल्लो वर्षको तुलनामा यस वर्ष ३१ अर्ब ७३ करोड अर्थात् ४७ प्रतिशत राजश्व संकलनमा कमि आएको बताए । उनका अनुसार आर्थिक वर्ष २०७८-७९को पुस मसान्तसम्म १ खर्ब ६२ अर्ब ९१ करोडमा मालवस्तु आयात हुँदा ६७ अर्ब १८ करोड राजश्व संकलन भएकोमा यो आर्थिक वर्ष २०७९-८०मा १ खर्ब १२ अर्ब ९३ करोडका मालवस्तु आयात हुँदा ३५ अर्ब ४४ करोड राजश्व संकलन भएको छ ।
जसबाट गत वर्ष लक्ष्यभन्दा ३ प्रतिशत बढि राजश्व संकलन गरेकोमा अहिले लक्ष्यको ५२ प्रतिशतले कमी छ । 

आयात गर्दा अनिवार्य मार्जिन आयातमा प्रतिबन्ध लगाएको कारण राजश्व संकलनमा कमि आएको छ । नेपालकै दोस्रो ठूलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १३ महिनादेखि निरन्तर राजश्व संकलन लक्ष्यअनुरूप गर्न नसकेर घट्टोतरी तर्फ जाँदै छ । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार २०७८ मंसिरसम्म लक्ष्यअनुरूप सफलता हासिल भए पनि पुसपछि लक्ष्य प्राप्त नै नभई आयात घट्दै गएको छ । 

आर्थिक वर्ष २०७९-८०को सुरुवातसँगै लक्ष्य निरन्तर घट्दो क्रममा छ । पहिलो महिना साउनमा लक्ष्यको ७० दशमलव ९८ प्रतिशत राजश्व संकलन भएपनि भदौमा ६७, असोजमा ४१, कात्तिकमा ४०, मंसिरमा ३९ र पुषमा ४० दशमलव ५७ प्रतिशतमा सीमित रह्यो । 

यसको मुख्य कारण राजश्वमा योगदान गर्ने मुख्य बस्तु भन्सार यार्डमा नआउनु नै हो । २०७८ पुस ५ गतेदेखि नेपाल राष्ट्र बैक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागले ‘क’ वर्गको वाणिज्य बैक र ‘ख’ वर्गको विकास बैकलाई विभिन्न २० वटा हार्मोनिक कोडअन्तर्गतको बस्तुको एलसी खोल्दा अनिवार्य तोकिएको मार्जिन प्रतिशत लिनुपर्ने प्रावधान लागू गरेसँगै लक्ष्य पार गर्न सकस भएकोमा अहिले आएर खोलिएको र यसले लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा रहेको भन्सार कार्यालय प्रमुख पौडेलले बताए । 

चालु आर्थिक वर्षमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई गत आर्थिक वर्ष भन्दा ३४ प्रतिशत बढि एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजश्व संकलन लक्ष्य दिएको छ । ६ महिना बितिसक्दा पनि लक्ष्यको २२ दशमलव ७८ प्रतिशत अर्थात ३५ अर्ब ४४ करोड २२ लाख १२ हजार राजश्व संकलन गर्न सकेको छ । अबको ६ महिनामा ७७ प्रतिशत राजश्व संकलन गर्न सके मात्रै लक्ष्य प्राप्तिमा भन्सार पुग्ने छ, जुन असहज छ । 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ३ : ३४ बजे

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार