आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह « Khabarhub

आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक गतिविधि सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । मुलुकमा पछिल्लो समय व्यावसायिक गतिविधि सहज हुन नसकेको भन्दै चेम्बरले आर्थिक र वित्तीय अनुशासनमा जोड दिएको हो ।

व्यावसायिक कठिनाइका कारण आत्मदाह गर्ने अवस्था आउनु मुलुककै लागि दुर्भाग्य भएको चेम्बरको ठहर छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वित्तीय संस्थामा लामो समयदेखि सृजित समस्याले उद्योगी र व्यावसायिक क्षेत्रमा गम्भिर असर गरेको छ । व्यावसायिक समस्याकै कारण आत्मदाहको अवस्थामा पुग्नु समग्र राष्ट्रका लागि दुःखद घटना हो ।’

मुलुकमा नै केही गर्न खोज्ने युवाका लागि राज्य संयन्त्रबाट नीतिगत झण्झट अन्त्य गर्न र बैंक वित्तीय संस्थाले पनि ऋण लिने दिने प्रक्रियालाई सेवामुखी बनाउनुपर्ने चेम्बरले जनाएको छ । उच्च ब्याजदर नियन्त्रण एवम् लगानीमुखी वातावरण निर्माणका लागि राज्यका निकायमा पटकपटक ध्यानाकर्षण गराइएको चेम्बरले उल्लेख गरेको छ ।

मुलुकमा हुने उधारो कारोबारलाई निरुत्साहित गरी नगद कारोबारलाई प्रोत्साहन एवम् डिजिटल प्रणालीमा लैजान अध्यक्ष राजेन्द्र मल्लले आग्रह गरेका छन् । चेम्बरले ब्याजदरको स्थायित्व र लगानीका लागि सहज वातावरण बनाउन केन्द्रीय बैंक एवम् बैंक वित्तीय संस्थालाई पुनःआग्रह गरेको छ । पछिल्लो समय साना, मझौला, महिला उद्यमी, कृषिलगायतका क्षेत्रको उद्यमशीलता विकासका लागि राज्यले ठोस नीतिगत व्यवस्था गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ५ : ३० बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर