पदबाट राजीनामा दिन बालुवाटार जाँदै रवि | Khabarhub Khabarhub

पदबाट राजीनामा दिन बालुवाटार जाँदै रवि


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेर नेपाली नागरिकका रुपमा सबै सेवा लिइरहेका रवि लामिछानेको उपप्रधान एवम् गृहमन्त्री तथा सांसद पद खारेज भएको छ ।

पद खारेज भएसँगै लामिछाने राजीनामा दिन बालुवाटार जाने भएका छन् । उनका स्वकीय सचिव प्रकाश सिग्देलले लामिछाने पदबाट राजीनामा दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै गरेको बताए ।

संवैधानिक इजलासको फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् ।

लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा थिए ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ७ : ०२ बजे

पानी माग्दै बानेश्वरमा चुरे संरक्षणकर्ताको आन्दोलन (तस्बिरहरू)

काठमाडौं–  चुरे दोहन रोक्न र मधेस प्रदेशमा पानीको समस्या समाधान

दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको दीर्घकालीन विद्युत् व्यापार सम्झौता

‘दान्भी’ मेरो करिअरको कठिन फिल्म हो : नायिका पूजा शर्मा

काठमाडौं– नायिका पूजा शर्मा फिल्म ‘दान्भी’मा पहिलो पटक एक्सन अवतारमा

अवैध व्यापार रोक्न बिजकमा एचएस कोड अनिवार्य : अर्थ मन्त्रालय

काठमाडौं – अभन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार

यो बर्खामा ६५ प्रतिशत बढी पानी पर्ने, विपद् पूर्व–तयारीमा के हुँदैछ ?

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा